
पर्वत । पूर्व–पश्चिम जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम सम्पन्न भएको ३ वर्ष पुगिसकेको छ । सडक खण्ड कालोपत्र सम्पन्न भएको ३ वर्ष पुगे पनि पर्वत खण्डमा पर्ने चार खोलामा पुल नबन्दा सहज रुपमा यातायातका साधन सञ्चालनमा समस्या भएको छ ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका अनुसार लोकमार्गको पर्वत खण्डमा रहेका तमादी खोला, सुन्दरेखोला, पातीखोला र मोदी खोलामा चार मोटरेवल पुल निर्माणको तयारी छ । पोखरा–कुश्मा सडक खण्डअन्तर्गत करिब २४ किलोमिटर खण्डमा पर्ने खोलामा मोटरेवल पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या हुँदै आएको छ ।
कुश्मा–७ र ८ को बीचमापर्ने तमादी खोलामा पुल निर्माणको काम भइरहेको छ । यो पुलको निर्माणकार्य करिब ७५ प्रतिशत सम्पन्न भएको इञ्जिनीयर धीरज ढकालले जानकारी दिनुभएको छ । करिब ६ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको पुलको श्री सिद्धबाबा निर्माण सेवा वालिङले जिम्मा लिएको छ । तमादी खोलामा वर्षातको समयमा अत्यधिक बाढी आउँदा सडक भत्किएर मानवीय र भौतिक क्षति हुँदै आएको छ । यो खोलामा गत भदौमा आएको बाढीले बोलेरो जीप बगाउँदा ३ जनाको मृत्यु भएको थियो ।
इञ्जिनीयर ढकालका अनुसार यो पुलसँगै अन्य तीनवटा मोटरेवल पुल पनि निर्माण भइसक्नुपर्नेमा हालसम्म कामको शुरुवात भएको छैन । कुश्मा–८ मै पर्ने सुन्दरे खोलाको पुल निर्माण गर्न डिजाइन स्वीकृत भइसकेको छ । ८० मिटर लामो पुल निर्माणको जिम्मा लुम्बिनी प्राकृतिक जेभिले लिएको छ ।
यो पुलसँगै उक्त निर्माण कम्पनीले अन्य पुल निर्माणको पनि जिम्मा लिएको छ । निर्माण कम्पनीले मोदी गाउँपालिकाको पातीखोला र डिमुवास्थित मोदीखोलामा पनि पुल निर्माण गर्न लागेको छ । मोदीखोलामा ६२ मिटर र पातीखोलामा दुवैतर्फ ५२÷५२ मिटर लामा दुई पुल निर्माण हुनेछन् । पुलको डिजाइन् स्वीकृतिमा ढिलाइ भएका कारण निर्माणले गति लिन नसकेको इञ्जिनीयर ढकाल बताउनुहुन्छ । ती पुलको लागत ४४ करोड १५ लाख रुपैयाँ रहेको छ ।
मध्यपहाडी लोकमार्गअन्तरगत पोखरा–कुश्मा सडकको दुई वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भइसकेको छ । सडक दुई लेनको बने पनि पुरानो संरचनामा बनेका सिङ्गल लेनका पुलले सवारी साधनको चाप धान्न गाह्रो भएकाले नयाँ पुल थप गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन