
म्याग्दी । बेनी नगरपालिका–५ बगुवाखोलाकी किसान तुलसी थापा बानियाँले परम्परागत तरिकाले गोलभेडा खेती गर्दै आउनुभएको थियो । खेतीका लागि बीउ जमाउनेदेखि बिरुवा लगाउने र मलजलको बारेमा राम्रो ज्ञान नहुँदा सोचेजस्तो उत्पादन गर्न सक्नुभएको थिएन् । करिब १८ साता लामो एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशालामा सहभागी भएपछि बानियाँले गोलभेडा खेतीको आधारभूत ज्ञान र सीप हासिल गर्नुभएको छ ।
‘बीउ कसरी जमाउने, कति दिनमा बिरुवा लगाउने भन्ने जानकारी थिएन, रोग लागेमा कसरी उपचार गर्ने भन्ने अन्योल हुने गथ्र्यो, मलजल र गोडमेलको बारेमा पनि धेरै जानकार थिएनौँ, अब भने आइपिएम पाठशालामा व्यवहारिक अभ्यासमार्फत सम्पूर्ण ज्ञान लिएका छौँ’ किसान बानियाँले भन्नुभयो ।
गत पुस २२ देखि यही जेठ २३ गतेसम्म सञ्चालन भएको आइपिएम किसान पाठशालामा बगुवाखोलाका २५ जनाले सहभागिता जनाएका थिए । पाठशालामा सोवित शर्मा र क्षेत्रबहादुर कटुवालले प्रयोगात्मक अभ्याससहित सहजीकरण गर्नुभएको थियो ।
पाठशाला किसानलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न प्रभावकारी बनेको छ । दुई टनेलमा सञ्चालन गरिएको आइपिएम किसान पाठशालामा सहभागी भएकाले हरेक साताको एक दिन न्यूनतम चार घण्टासम्म सामूहिक रुपमा काम गरेर गोलभेडा नै उत्पादन गरेका छन् ।
बीउ र जग्गाको छनोटदेखि प्राङ्गारिक बाली उत्पादनसम्म प्रयोगात्मक अभ्यास समेतको सिकाइ भएकाले आइपिएम किसान पाठशाला कृषकका लागि उपयोगी बनेको स्थानीय किसान आरती बानियाँले बताउनुभयो ।
विषादीरहित कृषिउपज उत्पादन, रोगकीराको नियन्त्रण र उपचारमा स्थानीयस्तरमा हुने जैविक तथा प्राङ्गारिक मलको प्रयोग गरी स्वस्थवद्र्धक कृषि उपजको उत्पादनमा आइपिएम पाठशाला किसानका लागि उपयुक्त थलो बनेको छ । पाठशालामा रासायनिक मलको न्यूनीकरण र प्राङ्गारिक कृषि उत्पादनको तरिका, विधि तथा सीप सिकाइएको सहजकर्ता शर्माले बताउनुभयो ।
‘हामीले यो पाठशालामा गोलभेडासहित समग्र बाली लगाउने तरिकाबारे किसानलाई सीप सिकाएका छौँ । बीउ जमाउने, बिरुवा लगाउनेदेखि सिँचाइ र रोगकीरा व्यवस्थापनमा स्थानीय जैविक उपचारको विधि र तरिका पनि सिकाएका छौँ, यसले कम्तीमा रासायनिक मलको प्रयोगलाई नियन्त्रण गर्न र प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिन सघाउने विश्वास लिएका छौँ’ सहजकर्ता शर्माले भन्नुभयो ।
बगुवाखोला आइपिएम किसानले पाठशाला सञ्चालन गरेपछि सहभागीको प्रयोगात्मक बाली लगाउने अभ्यासका क्रममा दुई टनेल र खुला ठाउँमा समेत विभिन्न जातका गोलभेडाको खेती गरेका छन् । किसानलाई खेतीबालीको स्याहार, रोगकीराको पहिचान र उपचार तथा जैविक मलको प्रयोगको लागि पाठशालाले आधारभूत ज्ञान, सीप र क्षमता विकास गराएको बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले बताउनुभयो ।
उहाँले व्यावसायिक रुपमा गोलभेडा खेती गर्ने किसानलाई अनुदानमा टनेल उपलब्ध गराउन पहल गर्ने बताउँदै आफूले सिकेका ज्ञान, सीप र क्षमतालाई टोल, छिमेकीलाई समेत सिकाउन र स्वस्थ कृषि उपज उत्पादनमा जुट्न आग्रह गर्नुभयो ।
यस वर्ष नगरपालिकाले विभिन्न पाँच ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन ९आइपिएम० किसान पाठशाला सञ्चालन गरेको छ । नगरपालिकाले बगुवाखोला, भकिम्ली, पात्लेखेत, तोरीपानी र ज्यामरुकोठमा आलु तथा गोलभेडा खेतीमा आइपिएम किसान पाठशाला सञ्चालन गरेको कृषि शाखा प्रमुख आकृती ढुङ्गानाले जानकारी दिनुभयो ।
उहाँले किसान पाठशालाले विषादीरहित उत्पादन बढाउन र खेती बालीमा जैविक मलको प्रयोग गर्नुको साथै किसानलाई दक्ष बनाएर स्वस्थ बालीको उत्पादन गर्न प्रेरित गर्ने बताउनुभयो । पाठशालामा किसानलाई मित्र र शत्रुजीव पहिचान गर्न सिकाएर स्थानीयरुपमा उपलब्ध जैविक मलको प्रयोगमार्फत स्वच्छ उपज उत्पादन गर्न सीप सिकाइएको छ ।
स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाइभैँसीको मूत्र र जैविक विषादीको प्रयोगबाट रोगकीरा व्यवस्थापन गर्न पाठशालामा व्यवहारिक अभ्याससमेत गराइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन