
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज दिउँसो वर्षा हुने भएको छ ।
मुलुकमा स्थानीय र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बादल रहेको तथा कोशी र बागमती प्रदेशका केही स्थान र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बादल रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले आज बिहान जारी गरेको सूचनाअनुसार सुदुरपश्चिम,कर्णाली र लुम्बीनी र कोशी प्रदेशका एक–दुई स्थानमा हुरीबताको पनि सम्भावना रहेको बताएको छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बादल रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, मधेस, वामती र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी भेगका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विभागको सूचनामा उल्लेख छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशका एक–दुई स्थानमा हुरीबतासको पनि सम्भावना रहेको जनाउँदै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाडौँ उपत्यकामा आज अपराह्न सामान्य वर्षा हुनेछ । यहाँको आज दिउँसो यहाँको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन