
कञ्चनपुर । डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने मलास कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट १६ किलोमिटरको दूरीमा अवस्थित छ । बस्तीमा ६ सय बढी मतदाता छन् । कञ्चनपुरको सीमाक्षेत्रमा पर्ने यो क्षेत्र डडेल्धुराको परशुराम नगरपालिकामा पर्छ । तर यस यहाँका बासिन्दालाई परशुराम नगरपालिकासम्म सहज पहुँच छैन । सडक सञ्चाल नहुँदा वडा कार्यालयसम्म पुग्न पनि निकै सास्ती हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।
चालिस वर्षअघि बझाङबाट बसाइँसरी यहाँ आउनुभएका गङ्गो धामीले सडक सञ्जालको दुःखसँगै खानेपानी नहुँदा निकै सास्ती खेप्नु परेको बताउनुभयो । ‘विकासको नाममा कच्ची सडक छ खानेपानीको हाहाकार नै छ प्यास मेटाउनै मुस्किल पर्छ ।’ उहाँले भन्नुभयो– ‘देख्नमा त ठाउँ सुन्दर छ तर केगर्नु दुःख अनेकछन ।’ गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र र माध्यमिक तहको विद्यालय बाहेकका अन्य सेवासुविधा यहाँका स्थानीयवासीले उपभोग गर्न पाएका छैनन् । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् र सडकजस्ता पूर्वाधारको अभाव झेलेको वर्षौ भइसकेको यहाँका स्थानीयवासी बुद्धि धामी बताउँनुहुन्छ । “देशमा थुप्रै व्यवस्था परिवर्तन भए तर राज्यको नजरमा मलास कहिले परेन ।’ उहाँले भन्नुभयो– ‘कच्ची सडक पुगेको पनि दुई÷चार वर्ष मात्रै भएको छ त्यो पनि वर्षादमा बन्द हुन्छ ।’
सङ्घीयता कार्यान्वयनपछि महेन्द्रनगर जोड्ने कच्ची सडक निर्माण भएपछि भने यहाँका स्थानीयवासीलाई राहत भएको छ । सडक नहुँदा मलासवासीले दुई÷तीन घण्टा पैदल हिँडेर अत्यावश्यक पर्ने नुन, तेल, चामललगायतका सामग्री महेन्द्रनगरबाट खरिद गरेर लैजानुपर्ने बाध्यता थियो भने बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म पु¥याउनुपथ्यो । सडक बनेपछि केही राहत भए पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भने कायमै छ । सञ्चार सेवा पुगेको त छ तर फोन मात्र लाग्छ । इन्टरनेट सुविधा अझसम्म पुग्न सकेको छैन ।
यहाँका विद्यार्थीले उच्च शिक्षाका लागि महेन्द्रनगर सदरमुकाम आएर बस्नुपर्ने बाध्यता रहेको छ । ‘जस्तो दुःख हाम्रा बुवाबाजेले भोग्नुभयो, त्यही दुःख हामीले पनि भोग्नु परेको छ ।’ स्थानीयवास दिपेश धामीले भन्नुभयो– ‘अझै पनि यहाँ आधारभूत सेवा राज्यबाट उपलब्ध हुनसकेका छैनन ।’
स्थानीय सरकारपछि स–साना विकास निमार्णका काम भए पनि यहाँका स्थानीयवासीले भने विकासको अनुभूति हुने गरी भने काम हुन नसकेको परशुराम नगरपालिका–७ का वडा सदस्य जयबहादुर धामीले बताउनुभयो । उहाँले पहिलेको तुलनामा थोरै भए पनि विकास केही काम अघि बढेको बताउनुभयो । ‘यहाँ खानेपानीको धेरै समस्या थियो पूर्ण रुपमा समाधान नभए पनि समस्या समाधानका लागि पहल गरेका छौँ ।’ वडा सदस्य धामीले भन्नुभयो– ‘पर्याप्त बजेट नआउँदा खानेपानी लगायतका योजना अधुरै हुने गरेका छन ।’ यहाँको समस्या समाधानका लागि आफूहरुले स्थानीय प्रदेश सरकारसँग पहल गरिरहेको उहाँको भनाइ छ ।
गर्मीको मौसममा तराई कञ्चनपुरबाट गर्मी छल्न यहाँ धेरै आन्तरिक पर्यटक आउने गरेका छन् । मलास क्षेत्र कृर्षि र पर्यटनका लागि महत्वपूर्ण ठाउँ भए पनि यहाँ राज्यको ध्यान पुग्नसकेको छैन । यहाँका नागरिक कृर्षि र पशुपालनमा आत्मनिर्भर छन् । यहाँसम्म सडक सञ्चालको सहज पहुँच लगायतका पूर्वाधार विकासमा राज्यले ध्यान दिन जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन