
ललितपुर । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको बताउनुभएको छ । उहाँले वातावरण संरक्षणमा पनि दुवै मुलुक एकजुट भएर लागिपरेको उल्लेख भएको छ ।
विश्व वातावरण दिवसको अवसरमा ललितपुर महानगरपालिका र भारतीय राजदूतावासको संयुक्त आयोजनामा ललितपुरको गुसिङगालस्थित वाग्मती किनारमा वृक्षरोपण गर्दै मन्त्री सुडीले नेपाल र भारतको मित्रसम्बन्ध रोटी र बेटीबाट वातावरण संरक्षणमा जोडिएको उल्लेख गर्नुभयो । नेपालको समग्र विकासका लागि भारतबाट सहयोग प्राप्त भइरहेको उहाँले बताउनुभयो ।
‘वातावरण संरक्षण वर्तमानका लागि मात्रै नभएर भावी सन्ततिका लागि पनि अत्यन्तै महत्वपूर्ण छ, हामीले जति अक्सिजन खपत गरिरहेका छौँ, त्यति नै अक्सिजन उत्पादन गर्न सहयोग गर्नुपर्छ, हरेक क्षेत्रमा काम गर्न भारतबाट महत्वपूर्ण सहयोग मिलेको छ, नेपालको सर्वाङिगण विकासमा सहयोग प्राप्त भएको छ ।’ उहाँले ललितपुर महानगर र प्रमुख चिरीबाबु महर्जनले वातावरण संरक्षणका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
महानगर प्रमुख चिरीबाबु महर्जनले वातावरण दिवसको अवसरमा गरिएको वृक्षरोपण प्रतिकात्मक काम मात्रै भएको उल्लेख गर्नुभयो । ललितपुरले हरेक दिन वातावरण संरक्षणका लागि सार्वजनिकस्थानमा हरियाली प्रवद्र्धन गर्ने तथा शहरको सुन्दरता कायम गर्न पोखरी संरक्षणमा काम गरिरहेको उहाँको भनाइ छ । ललितपुर महानगरले विगतमा वृक्षरोपण गरेका बिरुवा ९० प्रतिशत हुर्केको जानकारी दिनुभयो । वातावरण दिवसको अवसरमा भारतीय राजदूतावाससँगको समन्वयमा गरिएको वृक्षरोपणले वातावरणसम्बन्धी काममा एउटा इँटा थपिएको उहाँको भनाइ थियो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विश्व वातावरण दिवसमा ललितपुर महानगरपालिकासँग सहकार्य गर्न पाएकामा आभार व्यक्त गर्नुभयो । भारत र नेपालले वातावरणका क्षेत्रमा मिलेर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन