
मोरङ । प्रदेश खेलकुद विकास बोर्डले असार ३ गतेदेखि प्रदेशस्तरीय विभिन्न खेलकुद प्रतियोतिा सञ्चालन गर्ने भएको छ ।
बोर्डद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले चालु आव २०८०/८१ मा बोर्डमार्फत कार्यान्वयन हुने खेलकुदको समय निर्धारण गरी खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।
बोर्डले असार ३ गते पारा खेलकुद प्रयोगिता मोरङ र सुनसरी जिल्लामा, मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल मोरङको विराटनगरमा असार १५ भित्र , प्रदेशस्तरीय पौडी प्रतियोगिता मोरङ र सुनसरी जिल्लामा असार १५ भित्र, प्रदेशस्तरीय महिला फुटवल प्रतियोगिता खोटाङ जिल्लामा असार ८ गतेदेखि १३ गतेसम्म, प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता तेह्रथुम जिल्लामा असार ३ गतेदेखि ७ गतेसम्म आयोजना गर्ने भएको छ ।
यसैगरी प्रदेशस्तरीय कवड्डी प्रतियोगिता मोरङको विराटनगरमा असार ७ गतेदेखि, महिला सेल्फ डिफेन्स तालिम तथा योजना प्रशिक्षण मोरङ, झापा र सुनसरी जिल्लाका विभिन्न विद्यालयमा असार १५ भित्र, प्रदेशस्तरीय कुरास प्रतियोगता सुनसरी जिल्लामा असार १५ भित्र, प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता मोरङको विराटनगरमा असार १३ र प्रशिक्षक विकासका लागि प्रशिक्षण कार्यक्रम मोरङ र तेह्रथुममा असार १५ भित्र सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सदस्य सचिव बस्नेतले लामो समयमादेखि सम्पन्न हुन नसकेको खेलकुद प्रतियोगिता बाध्यताले अहिले आयोजना गर्न लागिएको र आगामी वर्षदेखि तोकिएको समयमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खेलकुद प्रतियोगिता सम्पन्न गर्न एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
उहाँले मोरङको गोठगाउँमा प्रदेश सरकार, पूर्वाञ्चल विश्वविद्यालय र स्थानीय निकायको सहयोगमा एक सय विघा जग्गाका बहुउद्देश्यीय खेलकुद भवन निर्माण गरिने जानकारी दिनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै