
काठमाडौँ । विश्व वातावरण दिवसका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको भण्डारखाल बगैँचामा विभिन्न जातका एक हजार ५०० बिरुवा रोपिएको छ ।
पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिका–८ को संयुक्त आयोजनामा कपुर, समी, असारेलगायत जातका एक हजार पाँच सय बिरुवा रोपिएको हो । त्यस अवसरमा कोषका सदस्य सचिव डा मिलनकुमार थापाले मानव कल्याणका लागि प्रकृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रकृतिको संरक्षणका लागि प्रत्येक व्यक्तिले प्रत्येक वर्ष कम्तीमा एउटा बिरुवा रोपेर हुर्काउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
काठमाडौँ–८ का वडाध्यक्ष आशामान सँगतले पशुपति क्षेत्रका अन्य खुला स्थानमा पनि वृक्षरोपणका लागि बिरुवा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । आज रोपिएका सबै बिरुवा वडा कार्यालयले उपलब्ध गराएको कार्यक्रममा जानकारी गराइएको थियो । वृक्षरोपण कार्यक्रममा कोषका पदाधिकारी एवं परिषद् सदस्य लगायत कर्मचारी वडा कार्यालयका जनप्रतिनिधि एवं कर्मचारी, महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख लगायत प्रहरीको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन