
झापा । बाढीको प्रकोपबाट हुने क्षति कम गर्न आज प्रकोपपछि उद्धार, प्राथमिक उपचार र राहत वितरणसम्बन्धी सामुदायिक विपद् व्यवस्थापन नमूना अभ्यास गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापनको संयुक्त टोलीद्वारा मेचीनगरको निचाझोडा सिमसार क्षेत्रमा विपद् पूर्वको अभ्यासबारे बृहत् प्रदर्शन गरेको हो । संयुक्त प्रदर्शनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला रेडक्रस सोसाइटी, विभिन्न सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षक, जनप्रतिनिधि लगायतको सहभागिता थियो । नेपाली सेनाको अरिदमन गण चारआलिको समन्वयमा प्रदर्शन गरिएको हो ।
वर्खायाममा बाढी तथा डुबानको सम्भावना रहेकाले उक्त विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी स्वरुप संयुक्त अभ्यास प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी एंव जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक बन्धुप्रसाद बाँस्तोलाले बताउनुभयो । उहाँले झापाका सबै स्थानीय तहहरुलाई विपद् व्यवस्थापनको तयारीमा जुटन् आह्वान गर्नुभयो ।
विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि तालिम प्राप्त दक्ष जनशक्तिले बाढीको विपद्का बेला गरिने उद्धारको कृत्रिम अभ्यास गरेका हुन् । प्रदर्शनमा बाढीको प्रकोपको बेला हुने गरेको क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने तत्कालीन उपायहरुबारे प्रदर्शन मार्फत सहभागिलाई जानकारी गराइएको थियो । जिल्लाका १५ स्थानीय तहमध्ये छ वटा बाढीको उच्च जोखिममा, पाँच वटा मध्यम जोखिममा छन । चार स्थानीय तहमात्र बाढीको कम जोखिममा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन