
कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सकारात्मक रहेको धारणा सार्वजनिक गरेको छ ।
संसदीय दलले आज धनगढीमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले आगामी आवका लागि ल्याएको नीति तथा कार्यक्रम विगतका वर्षको तुलनामा सकारात्मक धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नीति तथा कार्यक्रम जनताको जीवनस्तरसँग जोडिएर आएको बताउनुभयो ।
‘यो विगतका वर्षको तुलनामा प्रगतिशील छ । सिद्धान्त र प्राथमिताका आधारमा नीति तथा कार्यक्रम आएको छ । यही कार्यक्रमका आधारमा भोलिको बजेट अगाडि बढ्नेछ उहाँले भन्नुभयो । हिजोका दिनमा नीति तथा कार्यक्रम मुख्यमन्त्री केन्द्रित भएर आउने गरेकामा यसपटक फरक तरिकाले आएको भन्दै रावलले स्वागत गर्नुभयो ।
आइतबार सुदूरपश्चिम प्रदेशसभामा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति