+

नौ जना युवकका चित्र प्रदर्शनीमा

ललितपुर ।  कलामा भविष्य खोजिरहेका नौजना युवकको एक टोलीले ललितपुरस्थित एमक्युब ग्यालरीमा सामूहिक चित्रकला प्रदर्शनी आयोजना गरेको छ । 

कलेजको अध्ययनसँगै उनीहरूले आफ्ना भावन चित्रका माध्यमबाट अभिव्यक्त गर्न चित्रकला रोजेको बताएका छन् । प्रदर्शनीमा प्रस्तुत चित्रमा युवावर्गका भावना रङका माध्यमबाट पस्किइएको छ । 

चित्रमा हाम्रो समाजका बेथिति पनि औँल्याइएको छ । चित्रकार हर्षित सिंहले चित्रकला आफ्नो लागि एक किसिमको चिकित्सा भएको बताउनुभयो । ‘चित्र कोर्दा मन नै आनन्दित हुन्छ’ उहाँले भन्नुभयो– ‘कतिपय शब्दमा व्यक्त गर्न नसकिएका विषय चित्रमार्फत अभिव्यक्ति गर्न सकिन्छ ।’ 

एमक्युब ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठले चित्रकला प्रदर्शनीको संयोजन गर्नुभएको हो । उहाँका अनुसार पछिल्लो समय युवा पुस्ताले ललितकलामा चित्रकला विधा रोज्न थालेका छन् । 

‘यङ्ग आर्टिस्ट शो’ शीर्षकमा प्रदर्शनी आयोजना गरिएको हो ।  प्रदर्शनीमा युवा चित्रकार हर्षिता सिंह, लाछिन् न्यारटिन तामाङ, लुजन राई, ओनसिमस राई, रोजन राई, रोनिसा श्रेष्ठ, समृद्धिरत्न शाक्य, शरण तण्डुकार र सुवोध भण्डारीका सृजना समावेश छन् । गत शुक्रबारदेखि प्रारम्भ भएको प्रदर्शनी आगामी असार ५ गतेसम्म जारी रहने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट