
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रका पत्रकारको संस्था सार्क जर्नालिष्ट फोरमका पदाधिकारीसहित नेपाल भ्रमणमा रहेका भारत र बङ्गलादेशका पत्रकारले राष्ट्रिय समाचार समिति (रासस) मा जारी गणतन्त्र दिवसका अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकन गरेका छन् ।
प्रथम अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनमा भागलिने सिलसिलमा काठमाडौँमा रहनुभएका उहाँहरूले आज भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयका साथै तस्बिर प्रदर्शनी अवलोकन गर्नुभएको हो । फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा (नेपाल), महासचिव मोहम्मद अब्दुर रहमान (बङ्गलादेश) र शशी भूषण (विहार–संयोजक, भारत) नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ लगायत पत्रकारले प्रदर्शनी अवलोकन गर्नुभएको हो ।
टोलीलाई राससका सञ्चालक समिति सदस्य एवं आलेख सेवा प्रमुख कृष्ण अधिकारी र प्रमुख समाचारदाता एकराज पाठकले राससको समाचार उत्पादन, सम्पादन र वितरण प्रक्रियाबारे अवगत गराउनुभएको थियो ।
प्रदर्शनीमा राखिएका तस्बिर बारे वरिष्ठ समाचारदाता प्रकाश सिलवाल र फोटो पत्रकार रत्न श्रेष्ठले जानकारी दिनुभएको छ । जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदर्शनी उद्घाटन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन