
काठमाडौँ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सिबी लामालाई आज काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ ।
लामाविरुद्ध कान्तिपुर बचत तथा ऋण सहकारी लिमिटेडमा रहेको बचतकर्ताको एक अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको भन्दै आठ सय ५२ जनाले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा केही दिनअघि पक्राउ परेका उनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
सिबी लामा भनिने ४९ वर्षे चन्द्रबहादुर तामाङ काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका(५ घर भई हाल ललितपुरको बालकुमारीस्थित वस्टेर्न अपार्टमेन्टमा बस्दै आएका थिए । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामाविरुद्ध गत फागुन २० गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी दिनुभयो ।
पक्राउ परेका लामाका साथबाट प्रहरीले सामसुङ कम्पनीको दुई थान मोबाइल, नोकियाको एक थान मोबाइल र ६ वटा सीम बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार लामा अध्यक्ष रहेको पशुपति बचत तथा ऋण सहकारीविरुद्ध पनि गत भदौमा ५४ जनाले उजुरी दिएका थिए । उनीविरुद्ध सो सहकारीमा भएको रु १२ करोड रकम हिनामिना गरेको आरोप छ । सहकारीको रकम अपचलनका सम्बन्धमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन