
काठमाडौँ । राजधानीमा जारी आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बूढानीलकण्ठ भलिबल क्लवलाई पराजित गरेको छ ।
त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा आर्मीले बूढानीलकण्ठ भलिबल क्लवलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । आर्मीले खेलको पहिलो सेट २५-१५ ले जित्यो भने खेलको दोस्रो सेट २५-२० ले आफनो पक्षमा पार्यो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट २५-२० ले जित्यो । प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई ३-० को सेटमा पराजित गरेको थियो ।
जितसँगै आर्मीले दुई खेलमा ६ अङ्क जोडेको छ । दुई खेल खेलको बूढानीलकण्ठ अङ्कविहीन छ । बूढानीलकण्ठ पहिलो खेलमा हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-१ सेटमा पराजित भएको थियो ।
यसैगरी आज नै सम्पन्न महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लवले न्यू डायमन्ड स्पोर्टस क्लवलाई ३-१ तथा एभरेस्ट भलिबल क्लवले कर्णाली प्रदेशलाई ३–० को सेटमा पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन