
तनहुँ । हुरीले तनहुँको व्यास नगरपालिका–६ क्रियापानीस्थित अमृत आधारभूत विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । जेठ १७ गते अपराह्न आएको हुरीले विद्यालयको दुईवटा भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको हो ।
विद्यालयका प्रधानाध्यापक रविचन्द्र वाग्लेले भीषण हुरीले दुवै भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको जानकारी दिनुभयो । उहाँका अनुसार हुरीले विद्यालयको पाँचवटा कोठाको छाना उडाएको छ । उहाँले भन्नुभयो, ‘अहिले हुरीले छाना नउडाएका तीन कोठामा नौवटा कक्षा सञ्चालन गर्न बाध्य भएका छौँ । एउटा कोठामा भने कार्यालय सञ्चालन गरिएको छ ।’
छाना र गारो समेत भत्काउँदा रु चार लाखभन्दा बढीको क्षति भएको प्रधानाध्यापक वाग्लेले बताउनुभयो । क्षतिको विवरण वडा कार्यालयलाई जानकारी गराइसकेको उहाँको भनाइ छ । वडा कार्यालयमा निवेदन दिने र व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखामा जानकारी गराइसकिएको उहाँले बताउनुभयो । विद्यालयको आधारभूत तहमा ४० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
गर्मी अत्यधिक बढेकाले कक्षा १ देखि ८ सम्म पढाइ हुने विद्यालयमा चौतारी र रूखमुनि राखेर पठनपाठन गराउनुपर्ने बाध्यता आएको प्रधानाध्यापक वाग्लेले बताउनुभयो । तत्काल विद्यालयको मर्मत गरी पठनपाठन सञ्चालन गर्न सम्बन्धित निकायसमक्ष आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यही दिन आएको हुरीले व्यास–९ माझफाँटस्थित माहेन्द्री मावि, व्यास–१२ कमलबारीस्थित सिद्धेश्वरी माविलगायत विद्यालयमा क्षति पुर्याएको नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखाले जनाएको छ । नगरपालिकाका विभिन्न विद्यालयमा क्षति पुर्याएकाले तथ्याङ्क सङ्कलन भइरहेकाले हालसम्म यकिन विवरण आइनपुगेको शाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन