
काठमाडौँ । चीन भ्रमणमा रहेको संसदीय प्रतिनिधिमण्डलले च्याङ्सु प्रान्तका जनकंग्रेस उपप्रमुख चाङ पाउच्वानसँग भेटवार्ता गरेको छ । नेपाली प्रतिनिधिमण्डलका नेता नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे नेतृत्वको टोलीले जनकंग्रेस उपप्रमुख पाउच्वानसँग नानजिङमा सोमबार अपराह्न भेटवार्ता गरेको हो ।
त्यस अवसरमा द्विपक्षीय हित, आपसी सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो ।
नेता पाण्डेले नेपाल र चीनबीच सदियौँदेखिको सम्बन्ध रहेको बताउँदै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका प्रधानमन्त्रीको पछिल्लो चीन भ्रमणले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि पारस्परिक सम्बन्ध विस्तार भएको बताउनुभयो । उहाँले छोटो समयमा नै चीनले गरेको द्रुत विकास सराहना गर्दै नेपालका तीनवटै तहका सरकारले विकासका लागि अधिकतम् काम गर्दै आएको जानकारी दिनुभयो ।
च्याङ्सु प्रान्तका जनकंग्रेस उपप्रमुख चाङ पाउच्वानले नेपाली संसदीय टोलीलाई स्वागत गर्दै प्राचीनकालदेखि दुई मुलुकबीच आत्मीय सम्बन्ध रहेको बताउनुभयो । नेपालको सौन्दर्यबाट चिनियाँ पर्यटक मन्त्रमुग्ध भएर स्वदेश फर्किने गरेका बताउँदै उहाँले नेपालको पर्ययन क्षेत्र विकासका प्रशस्त सम्भावना बोकेको देश हो भन्नुभयो ।
सङ्घीय संसद्को २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने चीन भ्रमणका लागि गत पुस २ गते बेइजिङ प्रस्थान गरेको थियो ।
चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमी (आइबीओ) को कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन भ्रमण्मा गएको हो । संसदीय टोली यही पुस १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो