
काठमाडौँ । आरोन जोन्सको उत्कृष्ट ब्याटिङमा अमेरिकाले आइसिसी टी ट्वान्टी विश्वकप–२०२४ को पहिलो खेलमा क्यानडालाई पराजित गर्दै सुखद शुरुवात गरेको छ ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट रङ्गशालामा भएको खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको हो । खेलमा क्यानडाले दिएको एक सय ९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो ।
अमेरिकाको जितमा आरोन जोन्सले सर्वाधिक ९४ रनको योगदान दिए । उनले ४० बलमा ४ चौका र १० छक्काको मद्दतमा ‘नटआउट’ हुँदै ९अविजित० ९४ रन बनाएका हुन् । एन्ड्रिस गौसले ४६ बलमा सात चौका र तीन छक्कासहित ६५ रन जोडे । कप्तान मोनांक पटेलले १६ रन बनाए । बलिङतर्फ क्यानडाका कलिम साना, डिलोन हेलिगर र निखिल दत्तले समान एक÷एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ९४ रनको योगफल बनाएको थियो । क्यानडाका लागि ओपनर नवनीत धालिवालले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ४४ बलमा ६ चौका र तीन छक्कासहित ६१ रन बनाएका हुन् ।
क्यानडाका लागि निकोलस किर्टोनले ३१ बलमा तीन चौका र दुई छक्कासहित ५१ रन बनाए भने श्रेयस मोभ्भाले १६ बलमा दुई चौका र दुई छक्कासहित ३२ रनको योगदान दिए । साथै आरोन जोनसनले १६ बलमा पाँच चौकाको मद्दतमा २३ रन बनाए भने दिलप्रित बजवाले ११ रन बनाए । परगत सिंह पाँच रनमा आउट भएका हुन् ।
अमेरिकाका अली खान, कोरी एन्डरसन र हरम्रित सिंहले समान एक÷एक विकेट लिए । उक्त विश्वकप प्रतियोगितामा अमेरिका समूह ‘ए’ मा रहेको छ । अमेरिकाको समूहमा क्यानडासँगै आयरल्यान्ड, भारत र पाकिस्तान छन् ।
अमेरिकाले आफनो दोस्रो खेल जुन ६ तारिखमा पाकिस्तानसँग खेल्नेछ । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजै हुने अर्को खेलमा पपुवान्युगिनी र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै