
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाको सडक निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायत विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सबइन्जिनियर विक्रम बुढाले सम्झौताबमोजिम काम नहुँदासमेत बिल भुक्तानी गराएको आरोप लगाएको छ । उनीहरुविरुद्ध आयोगले १३ लाख ७२ हजार तीन सय ४० बराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।
आयोगले सडक निर्माण समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढाविरुद्ध पनि समान बिगो दाबी गरेको छ । गाउँपालिकाका सदस्य एवम् अनुमगन समितिका संयोजक दलवीर सार्की र वडा नम्बर ७ का तत्कालीन वडा अध्यक्ष राजेन्द्र बुमीविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । कूल तीन सय ४८ दशमलव ४३ घनमिटर ढुङ्गा छापेर सडक निर्माण गर्नुपर्नेमा एक सय १८ दशमलव ९८ घनमिटर मात्रै काम गरेको आयोगले जनाएको छ ।
गलत अनुगमन प्रतिवेदन दिन लगाई सोही प्रतिवेदनका आधारमा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आयोगले जनाएको छ । आयोगले आरोपीहरुविरुद्ध बिगोबमोजिम कारबाही माग गर्दै आज मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै