
दाङ । बारीभरि टमाटर, करेला र काँक्रा लटरम्म फलेका छन् । भर्खरै टिपेको तरकारी बजार लैजाने तयारीमा देखिन्छन् । यो दृश्य घोराही उपमहानगरपालिका–६ लखुवारका स्रष्टा आचार्यले गरेको व्यावसायिक तरकारी बारीको हो । उहाँले चार बिघा चार कट्ठा जमिन भाडामा लिएर तरकारीखेती गर्नुभएको छ । जग्गा भाडा मात्रै वार्षिक रु एक लाख २८ हजार तिर्नुहुन्छ ।
उहाँले काँक्रा, बोडी, टमाटर, खरबुजा र घिरौँलालगायत तरकारी लगाउनुभएको छ । “उत्पादित तरकारी वैशाखदेखि बिक्री शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म ४ लाख आम्दानी भएको छ ।” व्यापारी घरमै आउने भएकाले बिक्रीका लागि बजार लैजानुपर्ने झन्झट नभएको उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारीका क्रममा दुबईमा १३ वर्ष बिताउनुभएका स्रष्टाले फर्केपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचाइका साथ तरकारीखेतीमा लाग्नुभएको बताउनुभयो ।
दुबईमा ‘अप्रेसन कन्ट्रोलर’का रुपमा यातायातमा काम गरेको अनुभव उहाँसँग छ । “उता पनि कमाई राम्रै थियो तर यतै काम गर्ने सोचले स्वरोजगार बन्न व्यावसायिक तरकारी खेतीमा लागेको हुँ”, उहाँले भन्नुभयो ।
तरकारीखेतीमा अहिलेसम्म १५ लाख लगानी भइसकेको उहाँको भनाइ छ । दुईजनालाई फार्ममै बस्ने व्यवस्था गर्नुभएको छ । आवश्यकता अनुसार दैनिक छ देखि आठ जनालाई रोजगारी दिने गरेको उहाँले बताउनुभयो ।
स्थानीय सरकारले विदेशबाट फर्केर कृषिमा लाग्ने युवालाई सहयोग गर्ने सुनेको तर आफूले त्यो अवसर नपाएको उहाँले बताउनुभयो । सानो लगानीबाट आम्दानी गर्दै र त्यही आम्दानीलाई लगानीमा रुपान्तरण गरी बढाउँदै लैजाने उहाँको योजना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन