
गुल्मी । मदन भण्डारी राजमार्ग दैनिक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डमा २५ किलोमिटर सडक स्तरोन्नति कार्य गर्नका लागि जेठ १८ गतेदेखि असार १६ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने भएको हो ।
बिहान १० बजेदेखि साँझ ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सूचना जारी गर्दै जनाएको छ । सडकको केही स्थानमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका कार्य गर्न भन्दै मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डको २५ किलोमिटर राजा सम्म समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ ।
सडकमा कटिङ र स्तरोन्नति को काम गर्न करिब २२ वटा जेसिबी डोजर प्रयोग गरेर काम भइरहेको आयोजनाले जनाएको छ । राजमार्गमा ७० प्रतिशत सडकको कटिङको कार्य सकिएको समानान्तर इलाइट जेभीका इन्जिनियर राकेशकुमार पासवानले जानकारी दिनुभयो ।
सडकमा सवारी साधनले काम गर्न अवरोध गर्ने भएपछि समय तोकेर बन्द गरेरै काम हुँदै आएको छ । सवारी साधनको वृद्धिसँगै पुरानो बाटोले साँघुरो हुँदै गएपछि रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडक विस्तार हुँदैछ । पहिलो चरण २५ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे हुन लागेको हो । २०७९ साल फागुन २८ गते सम्झौता भई २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने समय अवधि छ ।
एक अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपियाँको लागतमा सडक स्तर उन्नति र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको छ । सडक बन्द भएसँगै वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीको अनुरोध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै