
काठमाडौँ । नेपाल र अमेरिकाबीचको आज टी-२० विश्वकप वार्मअप खेल वर्षाका कारण रद्द भएको छ । ग्राण्ड प्रेरी रंगशालामा खेल नेपाली समय अनुसार गयराति ९ः१५ मा हुनुपर्ने थियो ।
अमेरिकाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । तर टस लगत्तै वर्षा शुरु भएको थियो । वर्षा रोकिएपछि खेल सुचारु गर्ने प्रयास गरिएको थियो । तर पुनः वर्षा हुन थालेपछि खेल रद्द भएको हो ।
नेपाल पहिलो वार्मअप खेलमा क्यानडासँग ६३ रनले पराजित भएको थियो । यसै मैदानमा नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपमा शुरुवात गर्नेछ ।
नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन