
चितवन । यहाँ आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला सञ्चालन गरिने भएको छ । जेठ १८ देखि २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिन लागिएको हो ।
आयोजक नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले विदेशमा गएर प्रविधि, सीप र ज्ञान आर्जन गर्न नसक्ने किसानलाई एकै ठाउँमा सबै कुरा उपलब्ध गराउने गरी पाठशाला सञ्चालन गरिने बताउनुभयो ।
उहाँले एक्स्पोमा कुखुराजन्य उद्योगका लागि आवश्यकपर्ने औषधि, दाना, चल्ला, खोर, फर्मलगायत सम्पूर्ण विषयबारे प्रविधिसहित किसानलाई शिक्षा दिने बताउनुभयो । उहाँले कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउन एक्स्पो आयोजना गरिएको बताउनुभयो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा सुरवीर सिंहले एक्स्पोमा तिन दिन नै पाठशाला सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार भारत, क्यानाडा, नेपाल लगायतका विज्ञहरुले नेपाली र हिन्दीमा शिक्षा दिनुहुनेछ । सो अवसरमा छ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिँदै सिंहले सो अवसरमा किसानसँग पनि छलफल गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसँग कुखुरापालक किसानले प्रत्यक्ष सवलजवाफ गर्न पाउनुहुनेछ ।’ जहाँ डिजिटल पोल्ट्रीफार्मदेखि सामान्यसम्मका विषयमा जानकारी दिइनेछ ।
भारतीय पोल्ट्री इक्युप्मेन्ट उत्पादक सङ्घका अध्यक्ष उदय सिंहले हरेक किसान विदेश गएर ज्ञान, सीप र प्रविधिबारे जानकारी लिन नसक्ने भएकाले नेपालमा आएर विश्वस्तरको कार्यक्रम गर्न लागिएको बताउनुभयो ।
नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीका पोखरेलले कोभिडपछि सुस्ताएको पोल्ट्री व्यवसाय विस्तारै माथि उठ्न थालेको भन्दै थप चलायमान बनाउन एक्स्पो फलदायी हुने बताउनुभयो । नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास र नवीनतम प्रविधिको प्रयोग गरी व्यावसायिक विकास गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको उहाँको भनाइ छ ।
नेपाल पोल्ट्री महासङ्घ र इण्डियन पोल्ट्री इक्युप्मेन्ट उत्पादक सङ्घको संयुक्त आयोजनामा हुने एक्स्पो भरतपुरको चितवन एक्स्पो केन्द्रमा हुनेछ । एक्स्पोमा आधुनिक यन्त्र, प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्टस्, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग, मासुजन्य उद्योग, पशुपन्छीपालन, प्रशोधन र बजारीकरणसम्बन्धी प्रदर्शनी हुनेछ ।
एक्स्पोमा एक सय ५० प्रदर्शनी कक्ष रहनेछन् । प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायल, बङ्गलादेश लगायत देशका कम्पनीहरुको सहभागिता हुने जनाइएको छ ।
एक्स्पोले यहाँको पोल्ट्रीसँग अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । एक्स्पोको पूर्वसन्ध्यामा प्रदर्शक र आगन्तुकले भरतपुरका होटल भरिभराउ भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह