
महोत्तरी । तराईमा दिनानुदिन तापक्रम बढ्दै गएर बालबालिका प्रभावित हुन थालेपछि महोत्तरीका दुई पालिकाले नगर क्षेत्रभित्र पर्ने विद्यालयमा आजदेखि गर्मी बिदा दिएको छ ।
बर्दिबास नगरपालिकाले आजदेखि जेठ २० गतेसम्म चार दिनका लागि नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएको छ । जिल्लाको तापमान उच्च हुँदै गएको र त्यसबाट विद्यालयमा पढ्ने स–साना बालबालिका प्रत्यक्ष रूपमा प्रभावित हुन थालेपछि नगरपालिकाले बर्खे बिदाबाट कट्टा हुनेगरी चार दिनका लागि गर्मी बिदा दिएको नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो ।
त्यसैगरी महोत्तरीको सोनमा गाउँपालिकाले पनि आजैदेखि लागू हुनेगरी आफ्नो नगरभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएको गाउँपालिकाका शिक्षा संयोजक राजकुमार साहले बताउनुभयो ।
उहाँले गाउँपालिकाका सबै विद्यालयमा आज र जेठ १८ गते गरी दुई दिन आकस्मिक बिदा गरिएको बताउनुभयो । साथै तापक्रममा अझै वृद्धि भए वा गर्मी बढी भएपछि पालिकाले पुनः बिदा थप गर्ने शिक्षा संयोजक साहले बताउनुभयो । महोत्तरीमा केही दिनदेखि निरन्तर रूपमा ४० डिग्रीभन्दा माथि तापक्रम, तातो हावा र ‘लू’ चलेर जनजीवन प्रभावित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन