
काठमाडौँ । इसाई धर्मावलम्बीको महान चाड क्रिसमस डे’ को अवसरमा विनिप्रप्र सेवाकाई नेपालले शुभकामना आदान प्रदानसहित क्रिसमस कार्यक्रम गरेको छ ।
सेवाकाई नेपालको चाल्नाखेलमा रहेको चर्च परिसरमा चर्चका सदस्य तथा अन्य आगुन्तुकबीच शुभकामना साटासाट, भजन (क्यारेल) तथा विधिक सांस्कृतिक कार्यक्रमसहित कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अथिति पास्टर चेतबहादुर खरेलले येशू ख्रीष्टका बारेमा प्रवचन प्रस्तुत गर्नुभएको थियो । ‘यदि तपाईं येशू ख्रीष्टमा विश्वास राख्नु हुन्छ भने तपाईंको पापको लागि क्षमा उपलब्ध छ,’ उहाँले भन्नुभयो– ‘येशू ख्रीष्टको नाउँमा क्षमा मागी, येशूको मृत्युमा विश्वास राख्नुभयो भने उहाँले तपाईंलाई क्षमा दिनुहुनेछ ।’,
कार्यक्रममा चर्चामा आवद्ध रहेर वर्षभरीमा उत्कृष्ठ योगदान गर्ने सदस्यहरुलाई सम्मान समेत गरिएको छ। कार्यक्रमको अन्त्यमा सामूहिक भोज आयोजना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो