
काठमाडौँ । यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले सुधार देखिएको छ । आज नेप्से परिसूचक ३ दशमलव ९३ अंकले बढेर २ हजार १ सय १३ दशमलव २७ को बिन्दुमा कायम भएको हो ।
आज विभिन्न ३ सय १७ कम्पनीको ९३ लाख ३० हजार २ सय ९५ कित्ता शेयर, ५८ हजार चार सय ८३ पटक खरिदबिक्री हुँदा ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १ सय ६४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बैंकिङ समूह शून्य दशमलव ७४, होटल तथा पर्यटन समूह शून्य दशमलव ४९ र निर्जीवन बीमा समूह शून्य दशमलव २२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
विकास बैंक समूह शून्य दशमलव ६३, वित्त समूह एक दशमलव ४१, जलविद्युत् शून्य दशमलव २५, लगानी एक दशमलव ८० र जीवन बीमा समूह शून्य दशमलव ४० प्रतिशतले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७८, लघुवित्त शून्य दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव ४९, व्यापार शून्य दशमलव २२ र अन्य समूह शून्य दशमलव ६४ प्रतिशतले बढेको छ ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २० करोड ४० लाख ४७ हजार ४ सय ३४ रुपैयाँ बराबरको ३ लाख ५५ हजार ८ सय ९५ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा