
डोटी । खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्व वर्षेनी कमी हुँदै गएको पाइएको छ । निकुञ्जले आयोजना गरेको सरोकार भएकासँगको समन्वय बैठकमा राजस्व सङ्कलन चुनौती बनेको बताइएको छ ।
चालु आर्थिक वर्ष २०८०र८१ को चैत मसान्तसम्म ३ लाख ३६ हजार १० रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको निकुञ्जका कार्यालय प्रमुख सरोजमणि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस अवधिमा एक हजार तीन सय चार जनाले खप्तडको भ्रमण गरेका छन् ।
पौडेलका अनुसार आव २०७९र८० मा ७ लाख ८७ हजार ६ सय २६ रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने दुई हजार आठ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए । आव २०७८र७९ मा दुई हजार दुई सय ९ जनाले खप्तडको भ्रमण गरेकामा ९ लाख २० हजार ८ सय २९ रुपैयँँ राजस्व सङ्कलन भएको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
राजस्वको प्रमुख स्रोत पर्यटकले काट्ने टिकट हो । पछिल्लो समय केही पर्यटकले टिकट बिनै खप्तडको भ्रमण गरिदिँदा राजस्व सङ्कलनमा कमी आएको निकुञ्ज प्रमुख पौडेलको भनाइ छ । विभिन्न बहानामा टिकट नकाट्ने र टिकट छल्ने प्रवृत्ति बढ्दै जाँदा राजस्व सङ्कलनमा कमी आउनुका साथै भ्रमणका क्रममा बिरामी परे उद्दारमा कठिनाइसमेत हुने गरेको उहाँले बताउनुभयो ।
हजारौँ रकम खर्च गरेर खप्तड भ्रमण गर्न आउने केही पर्यटकले एक सयको टिकट काट्न आनाकानी गर्दा पर्यटक व्यवस्थापन तथा आपत्कालीन उद्दारमा समेत समस्या हुने गरेको पौडेलले बताउनुभयो ।
उहाँका अनुसार निकुञ्जमा प्रवेश शुल्क प्रतिव्यक्ति स्वदेशीका लागि एक सय, सार्क मुलुकका नागरिकलाई पाँच सय र अन्य विदेशीका लागि एक हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै