
चितवन । गाउँपालिका इच्छाकामना–४ सराथोकमा पहिरो जान थालेपछि गाउँ जोखिममा परेको छ । पुरानो गुरुङ गाउँ सराथोकमा वर्षामा पहिरोको जोखिम बढ्ने भन्दै स्थानीयले बस्ती छाड्न थालेका छन् ।
सराथोक गाउँले जिल्लाको सयौँ वर्ष पुरानो इतिहास बोकेको स्थानीय बताउँछन् । विसं २०७२ को विनाशकारी भूकम्पबाट तहसनहस भएको गाउँ विस्तारै पुनःनिर्माण गर्दै उठेको थियो । पछिल्लो समय पहिरोको चपेटामा पर्न थालेको भन्दै वर्षामा स्थानीय थप त्रसित हुने छविलाल गुरुङले बताउनुभयो । उहाँका अनुसार हरेक वर्ष वर्खा लाग्न थालेसँगै स्थानीय डराइडराइ बस्नुपर्ने बाध्यता छ ।
पहिरोका कारण गाउँबस्ती नै जाखिममा परेपछि गाउँ छोडेर जानेहरू बढेका स्थानीय हरि गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कुनैबेला करिब ३५ घर रहेको यो गाउँमा अहिले २० घर मात्र छन् ।’
पहिरोका कारण पुरानो गुरुङ गाउँ जोखिममा परेपछि बस्ती जोगाउन गाउँपालिकाले योजना बनाएर काम गरिरहेको जनाएको छ । पछिल्लो दुई आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी ‘मेसिनरीवाल’को व्यवस्था गरेर बस्ती संरक्षणको काम गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पहिरो रोक्नका पालिकाले दुई आर्थिक वर्षमा बजेट विनियोजन गरी मेसिनरीवाल लगाएको छ । यसबाट बस्तीको संरक्षण हुने अपेक्षा लिएका छौँ ।’
पहिरोको जोखिम कम गर्न गाउँपालिकासँग सहकार्य गरेर वडा कार्यालयले पनि काम गरिरहेको वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले बताउनुभयो । उहाँका अनुसार बस्ती जोगाउन लगाइएको मेसिनरीवालमा हालसम्म ८ लाख रुपैयाँ खर्च भइसकेको छ ।
पछिल्लो समय सराथोक गाउँका हरेक घरमा खानेपानीको धारा जडान गरिएको वडाध्यक्ष उप्रेतीले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री