
काठमाडौँ । ‘मिसन स्माइल नेपाल’ले बाल संस्कार अध्ययन केन्द्रअन्तर्गत कक्षा ३ देखि १० सम्मका विद्यार्थीका लागि संस्कारसम्बन्धी प्रशिक्षण सञ्चालन गरेको छ ।
एक महिनादेखि हरेक साँझ बौद्धनाथ क्षेत्र विकास समितिको सहकार्यमा विभिन्न छ स्थानमा हुँदै आएको निःशुल्क प्रशिक्षण अझै दुई महिनासम्म चल्ने संस्थाकी अध्यक्ष जस्मिन ओझाले बताउनुभयो । चाबहिल, बौद्ध, बज्रनगर, सिमलटार लगायत स्थानका सार्वजनिक भवनमा प्रशिक्षण हुँदै आएको छ ।
संस्थाले कानुनी साक्षरतासम्बन्धी सचेतना जगाउने, विभिन्न समसामयिक विषयमा भेला, सम्मेलन, सचेतनाका साथै निःशुल्क कानुनी सेवा प्रदान गर्दै आएको छ । हरेक दिन दुई घण्टा हुने प्रशिक्षण कक्षामा नैतिक र बौद्ध शिक्षा, ध्यान योग, नृत्य, सङ्गीत, गणित, नेपाली भाषा, कला साहित्य, व्याकरण, विज्ञान विषय समावेश छन् ।
विद्यार्थीलाई समाजसँग जोड्दै संस्कारी, कतृव्यनिष्ठ र सामाजिक रूपमा सक्रिय बनाई क्षमता अभिवृद्धि गराउन प्रशिक्षण सञ्चालन गरिएको अध्यक्ष ओझाले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह