
कैलाली । कैलालीमा गत वर्षको तुलनामा आलु उत्पादन ६ प्रतिशतले बढेको छ ।
जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज जोशीका अनुसार गत वर्ष चार हजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ६७ हजार सात सय ६० मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष चार हजार पाँच सय ८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ७२ हजार एक सय ३० मेट्रिक टन उत्पादन भएको छ ।
गत वर्षको तुलनामा यस वर्ष चार हजार तीन सय ७० मेट्रिक टन बढी आलु उत्पादन भएको तथा ६८ हेक्टर क्षेत्रफल वृद्धि भएको उहाँले जानकारी दिनुभयो । ‘यस वर्ष थोरै क्षेत्रफल पनि बढेको छ । आलु उत्पादनमा मौसमले पनि प्रभाव पार्छ । यसपटक हिउँदमा हुस्सु पनि लागेन’ उहाँले भन्नुभयो– ‘हुस्सुले आलुमा क्षति हुन्छ । मौसम पनि अनुकूल भयो । त्यसले पनि उत्पादन वृद्धि भएको हो ।’
‘यसपटक धेरैजसो किसानले ‘चिप्स’ आलु लगाउनुभएको थियो’ उहाँले भन्नुभयो– ‘त्यसको उत्पादकत्व पनि बढी हुन्छ । त्यसले पनि उत्पादनमा वृद्धि भएको देखिन्छ ।’ किसानको उत्पादन बढाउन, किसानलाई व्यावसायिक आलुखेतीमा पे्ररित गर्न किसानको मागअनुसार ज्ञान केन्द्रले बीउ, विषादी तथा उत्पादन सामग्री ५० प्रतिशत अनुदानमा दिँदै आएको सूचना अधिकारी जोशीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह