
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा पर्ने निकतातामा झोलुङ्गे निर्माणपछि स्थानीय खुशी भएका छन् । लार्केगाउँबाट चार घण्टा हिँडेर पुगिने निकतातामा पुल निर्माणसँगै वर्षौँदेखि भोग्दै आएको दुःख हटेको भन्दै स्थानीय खुशी भएका हुन् ।
स्थानीय बुद्धरानी तामाङले स्थानीयले मात्र नभएर पर्यटकले समेत धेरै समस्या भोग्दै आएकामा झोलुङ्गे पुल निर्माणपछि सहज भएको बताउनुभयो । ‘हिउँदको समयमा फड्केलगायत अन्य माध्यमबाट पुल तर्दै आए पनि बर्खायाममा अत्यधिक समस्या हुने गरेको थियो । गाउँपालिकाले पुल बनाइदिएपछि ज्यान जोखिममा राखेर खोला तर्ने गरेका स्थानीय निकै खुशी छौँ’ उहाँले भन्नुभयो ।
नवनिर्मित झोलुङ्गे पुलको मङ्गलबार उद्घाटन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले स्थानीयको माग र आवश्यकतालाई सम्बोधन गर्दै गाउँपालिकाको ६० लाख रुपैयाँमा पुल निर्माण भएको जानकारी दिनुभयो । उहाँले पाँचपोखरी थाङपाल पर्यटकीय गाउँपालिका भएकाले पर्यटन पदमार्गका रूपमा रहेको लार्के निकताता हुँदै ड्राइगन गुफा, नौ ताल, आमायाङ«री र पाँचपोखरी पुग्न अब पर्यटकलाई सहज भएको बताउनुभयो । “स्थानीयको मागलाई क्रमशः पूरा गर्दैछौँ । काकताङकुक्तङमा झोलुङ्गे पुल निमार्ण, लार्केसम्मको सडक विस्तार तथा सोलिङ, बत्ती, पाहुनाघर निर्माण भइसकेका छन् । हालसम्म गाउँपालिकाले ११ पुल निर्माण गरिसकेक्यौ, अब काठको पोल विस्थापित गर्ने, आमायाङ«री पक्की पुल निर्माण गर्ने, बुद्धपार्क लगायत पर्यटकीयस्थलको पहिचान र प्रवर्द्धनका काममा लाग्छौँ’ अध्यक्ष लामाले भन्नुभयो ।
गाउँपालिकाको ६० लाख रुपैयाँ र स्थानीयको जनश्रमदानबाट बनेको एक सय १३ मिटर झोलुङ्गे पुलको निर्माणले पयर्टन आवागमनमा सहज हुने र स्थानीयको आर्थिक वृद्धि हुने अपेक्षा गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले बताउनुभयो । उहाँले अब घरबासको विकास गर्दै पर्यटकलाई सहज वातावरण सिजर्ना गर्ने उद्देश्य रहेको बताउनुभयो । उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारी, वडाका जनप्रतिनिधि लगायत स्थानीयको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह