
काभ्रे । जिल्लाको दक्षिणी क्षेत्रस्थित अति दुर्गम महाभारत गाउँपालिकामा सञ्चालित ‘उज्यालो महाभारत’ अभियान अन्तिम चरणमा पुगेको छ । केन्द्रीय विद्युतीकरण प्रसारण लाइन विस्तारको कामलाई तीव्रता दिइएको उक्त गाउँपालिकाका सबै वडाका घरमा सयै महिना बत्ती बाल्ने योजना छ ।
गाउँपालिका कार्यालयले कुनै बस्तीका घरमा केन्द्रीय बिजुलीको तार तान्न, हाउस वाइरिङ गर्न, मिटर बक्स जोड्न बाँकी रहेको वा छुटमा तत्कालै आफ्नो वडा कार्यालयमा सम्पर्क राख्न सार्वजनिक अपिल गरेको छ । गाउँपालिकालाई नै पूर्ण विद्युतीकरण गर्ने अन्तिम तयारीमा पुगेकाले उज्यालो अभियानलाई जेठमा सक्ने योजनामा रहेको अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । उहाँका अनुसार अभियानका क्रममा वडा नम्बर १, ३, ४, ५, ६ र ७ मा केन्द्रीय प्रसारणको बिजुली बत्ती बलिसकेको छ । गाउँपालिकामा आठवटा वडा छन् ।
वडा नम्बर २ र ८ मा केन्द्रीय प्रसारण लाइनको विस्तारकार्य भइरहेको छ । ‘यी दुई वडामा जेठभित्र केन्द्रीय प्रसारणको लाइनमार्फत बिजुली बत्ती बाल्छौँ, हाल हामी पूर्ण विद्युतीकरणको गाउँपालिकातर्फ उन्मुख भइसकेका छौँ’ जिम्बाले भन्नुभयो ।
स्थानीय जनप्रतिनिधिले चार वर्षअघि महाभारत गाउँपालिकामा बिजुलीको मागपत्र पेश गरेपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सरकारले एक अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरी विद्युतीकरणको काम थालिएको थियो ।
यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत् प्राधिकरणले महाभारत गाउँपालिका मात्र नभई काभ्रेपलाञ्चोकलाई नै पूर्ण विद्युतीकरण गर्न बाँकी रहेका स्थानीय तहमा तीव्रगतिमा विस्तार कार्यमा लाग्न मातहतका कार्यालयलाई निर्देशन दिएका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केन्द्रीय प्रसारण लाइन विस्तारअन्तर्गत विद्युतीकरण भइरहेका खानीखोला गाउँपालिकाको केही स्थान, रोशी गाउँपालिकाको केही स्थान र बेथानचोक गाउँपालिकाको केही स्थानमा अपुग पोल, तार तान्नेलगायत काम एक साताभित्रै ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै