
काठमाडौँ । सर्लाहीको लालबन्दीस्थित रानीगन्जमा मापदण्ड विपरीत संचालनमा रहेको प्रिन्स क्रसरलाई संरक्षण गरेको आरोप लागेका प्रहरी निरीक्षक हरिबोल के सी को सरुवा भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले ईलाका प्रहरी कार्यालय लालबन्दीमा कार्यरत प्रहरी निरीक्षक के सीलाई अन्यत्र पठाएर त्यस स्थानमा प्रहरी निरीक्षक सुजन पाठकलाई खटाएको छ ।
अवकाश हुन केही महिना मात्रै बाँकी रहेका केसीको सरुवा हुनु ‘एक प्रकारको कारवाही’ जस्तै भएको सुरक्षा मामिलाका जानकार स्रोतको दाबी छ । रानीगन्जमा १५ वर्षदेखि मापदण्ड विपरीत बस्तीको बीचैमा संचालन हुँदै आएको क्रसर हटाउन स्थानीयले पटक-पटक अनुरोध गर्दा पनि निरीक्षक केसीले असहयोग गरेको आरोप लागेको छ । यद्यपि निरीक्षक केसीले भने मापदण्ड विपरीतको क्रसरलाई संरक्षण नगरेको प्रष्टिकरण दिइसक्नुभएको छ ।
क्रसरको धुलो र चर्को होहल्लाका कारण स्थानीयवासी लामो समयदेखि प्रताडित हुँदै आएका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका स्थानीय नवराज अधिकारी र उहाँका भतिज पुरन अधिकारी लगायतले स्थानीयलाई दबाबमा राखेर बस्ती बीचैमा क्रसर उद्योग संचालन गर्दै आएका हुन् । त्यो क्रसर संचालन बारेमा नेपालकैरनमा श्रृखलावद्ध समाचार प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी कोमल धमलासहितको टोलीले स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा मापदण्ड विपरीत भएको ठहर भएपछि प्रजिअ धमलाको आदेशमा क्रसर बन्द भएको छ । गृह मन्त्रालयले पनि यो क्रसरलाई १५ दिनभित्र कारवाही गरेर जानकारी पठाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई निर्देशन दिएको छ ।
क्रसरले कब्जा गरेको वनको सयौँ बिगाह जमिन खाली गराउन र १५ वर्षदेखि वनक्षेत्र अतिक्रमण गरेको क्षतिपूर्ति तिराउन जिल्ला वन कार्यलयले पनि प्रक्रिया शुरु गरिसकेको छ ।
राजनीतिक पहुँच र प्रभावका आधारमा मापदण्ड विपरीत भएर पनि निर्वाद रुपमा संचालनमा रहेको यो क्रसर अहिले प्रशासनको सक्रियतामा बन्द भएपछि यसका संचालकले राजनीतिक दौडधुप बढाएका छन् । स्रोतका अनुसार संचालक मध्येका एक पुरन अधिकारीले आइतबार प्रधानमन्त्रीका स्वकीय सचिवलाई भेटेर क्रसर संचालन गर्ने वातावरण वनाइदिन आग्रह गरेको खुलासा भएको छ ।
‘प्रिन्स क्रसर’लाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन
‘प्रिन्स क्रसर’लाई लालबन्दी प्रहरीले संरक्षण गरेको स्थानीयको आरोप
अवैद्ध ‘प्रिन्स क्रसर’ले कब्जा गरेको सरकारी वन खाली गराउन प्रक्रिया शुरु
नेपालकैरन निगरानी: बस्तीबीचको ‘अवैद्ध’ क्रसरले निम्त्याएको कहर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै