
कैलाली । कोरियन नागरिक उ याङ छेदानको सहयोगमा कैलालीको टीकापुर– १ एकतापुरस्थित प्रगतिशील आधारभूत विद्यालयमा शौचालय निर्माण गरिएको छ ।
बालबालिकाका लागि शौचालयको समस्या देखेपछि टीकापुर अस्पतालमा कोइका (कोरियन सरकारको सहयोगमा) को कार्यक्रम व्यवस्थापक तथा आरसीआइका नेपालका प्रतिनिधि पार्क क्वाङ होले, छेदानको सहयोगमा शौचालय निर्माण गरिदिनु भएको हो ।
विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा छात्राका लागि सुविधा सम्पन्न पाँच कोठे शौचालय निर्माण गरिएको छ भने पुरानो शौचालय समेत मर्मत गरिएको छ । ६ लाख रुपैयाँ लागतमा शौचालय निर्माण गरिएको विद्यालयले जनाएको छ ।
छेदानले शौचालय उद्घाटनसँगै विद्यालयमा बालबालिकालाई खेल गतिविधिका लागि दुई थान फुटबल, दुई थान भलिबल, स्पीकिङ, हावा भर्ने पम्पसमेत सहयोग गर्नुभएको छ । कार्यक्रममा सामान सहयोग गर्दै पार्क क्वाङ हो ले चिटिक्क परेको शौचालय उपहार दिन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले विद्यालय तथा बस्तीमा गरिबी देखेपछि यहाँका बालबालिकालाई सजिलो होस् भनेर सहयोग गरेको बताउनुभयो ।
‘यहाँ पढ्ने बालबालिका विपन्न समुदायका देखेँ, सधैँ यही बाटो साइकलमा हिँड्छु’, छेदानले भन्नुभयो– ‘विगतमा म पनि यस्तै विद्यालयमा पढेको थिएँ । यहाँको स्वास्थ्य र सरसफाइमा सहयोग पुगोस् भनी शौचालय बनाइदिएको हुँ ।’
कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य नरेश विकले विद्यालयलाई वडा कार्यालयबाट समेत सहयोग हुँदै आएको बताउँदै आउँदा दिनमा पनि व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । ‘अव्यवस्थित बस्तीमा रहेको विद्यालय भएकाले पालिकाले सहयोग गर्न कठिनाइ हुने गरेको छ’ उहाँले भन्नुभयो– ‘मेरो व्यक्तिगत तर्फबाट भए पनि विद्यालयमा लगानी भित्र्याउने छु ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर नेपालीले कोरियन नागरिक भएर पनि ठूलो सहयोग गरेको बताउँदै विद्यालयको अवस्था दयनीय भएकाले सघाउन पालिकालाई अनुरोध गर्नुभयो । उहाँका अनुसार विभिन्न दाताको सहयोगमा विद्यालयमा टिनका छानासहितका भवन निर्माण गरिएका छन् ।
बालविकास कक्षाका बालबालिका बस्ने ठाउँ जीर्ण रहेका भन्दै दिवा खाजा पकाउने भान्साको समेत समस्या रहेको प्रधानाध्यापक हृदयराज रेग्मीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री