
महोत्तरी । जलेश्वरस्थित महोत्तरी कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बनेको छ ।
भवन पुरानो भएकाले छत उप्कने, पर्खालको इँटा चोइटिने र मक्किएका दलिनबाट धमिराले खाएको धुलो झर्ने थालेपछि जोखिम बढेको कैदीबन्दीले गुनासो गरेका छन् ।
विसं १९१३ सालमा निर्मित कारागारमा एक सय ३५ जनालाई राख्न सकिने भए पनि हाल पाँच सयभन्दा बढी सङ्ख्यामा कैदीबन्दी राखिएका छन् । कारागार प्रमुख (जेलर) रामचन्द्र साहले क्षमताभन्दा बढी कैदीबन्दी भए पनि सोअनुसार व्यवस्थापन नहुँदा समस्या भएको बताउनुभयो ।
उहाँका अनुसार कारागारमा रहेका ५ सय ९४ कैदीबन्दीका लागि २४ कोठा, १५ शौचालय, सातवटा चापाकल र छवटा धारा छन् तर क्षमताभन्दा चौब्बर बढी कैदीबन्दी हुँदा सुत्न, बस्न र नित्यकर्म गर्नसमेत समस्या छ । ‘करिब डेढफिट चौडा कोठामा धेरै कैदीबन्दीको व्यवस्थापन गर्नुपर्दा धेरैै समस्या छ । पछिल्लो समय कारागारलाई सुधारगृहको अवधारणाअनुसार विकास गर्नुपर्नेमा पठनपाठन, खेलकुद र मनोरञ्जनको व्यवस्थाका लागि सोच्न सकिएको छैन’ उहाँले भन्नुभयो ।
प्रदेश राजधानी रहेको धनुषामा कारागार नहुँदा त्यहाँको चाप पनि यही काराकारले धान्नुपरेको छ । कैदीबन्दीमध्ये ६० प्रतिशतभन्दा बढी धनुषाकै कैदीबन्दी रहेका छन् । ‘हामीले कारागारको भौतिक अवस्था र कैदीबन्दीको चाप, पूर्वाधार लगायत समस्याबारे माथिल्लो निकायमा दैनिकजसो जानकारी गराइरहेका छौँ तर सुनुवाइ भएको छैन’ कारागार प्रमुख साहले गुनासो गर्नुभयो ।
जलेश्वरमा कारागारसँग ६ बिघा ११ कट्ठा १७ धुर जग्गा छ । त्यो जग्गामा सुविधा सम्पन्न भवन तथा खुला कारागारको अवधारणाअनुसार पूर्वाधार निर्माण गर्न माथिल्ला निकायमा प्रस्ताव पठाइएकाले त्यसको कार्यान्वन हुनुपर्ने साहले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह