
काभ्रे । बनेपास्थित अपाङ्गता बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडिसी)मा अपाङ्गता भएका बालबालिकाको निःशुल्क उपचार शुरु गरिएको छ । काठमाडौँस्थित रोटरी क्लब अफ पशुपतिको ‘ग्लोबल ग्रान्ट’मार्फत उपचार शुरु गरिएको हो ।
त्यो ग्रान्टबाट ६ महिनामा ६ सय ५० बालबालिकाको उपचार गरिने क्लबले जनाएको छ । यसै साता शुरु भएको निशुल्क उपचार सेवा आउँदो कात्तिकसम्म सञ्चालन हुने रोटरी क्लब अफ पशुपतिका अध्यक्ष सूर्यबहादुर अधिकारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार देशभरका अपाङ्गता भएका बालबालिकाको अवस्था हेरी अस्पतालमै राखेरसमेत उपचार गरिने छ ।
अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक प्रा डा अशोककुमार बाँस्कोटाले क्लबको ग्रान्टले अस्पतालको सेवामा थप सहयोग पुगेको बताउनुभयो । उहाँले अस्पतालको ‘मोबाइल क्याम्प’मार्फत सबै जिल्लामा अपाङ्गता भएका बालबालिकाको खोजबिनसहित उपचार गरिने स्पस्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘सामान्य जीवनयापनमा शारीरिक अपाङ्गताले असहजता भएकालाई यो उपचार सेवा बरदान सावित हुनेछ ।’
सन् १९८५ मा स्थापना भएको अस्पतालले सन् २००८ देखि रोटरी क्लबसँगको सहकार्यमा अपाङ्गता भएका बालबालिकाको पहिचान र उपचारमा सहयोग पु(याउँदै आएको छ । हालसम्म एक लाख १० हजार अपाङ्गता भएका बालबालिकाको उपचार गराएकामध्ये ५० हजार बालबालिकाको जटिल प्रकारको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालले ९५ हजार कृत्रिम तथा सहायता सामग्री बालबालिकालाई उपलब्ध गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री