+

तनहुँ जलविद्युतमा ५५ प्रतिशत प्रगति

तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत भौतिक प्रगति भएको छ । 

आयोजनाले सञ्चालनमा ल्याएका तीन वटै प्याकेज (चरण)का कार्यलाई तीव्रता दिँदै आएकाले  कार्य प्रगति हासिल गरेको हो । प्याकेज–१ मा ३५, प्याकेज–२ मा ५५ र प्याकेज–३ मा ७३ प्रतिशत कार्य प्रगति भइसकेको आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभएकाृे छ । प्याकेज–१ र २ मा निर्माण धमाधम भइरहेको भन्दै प्याकेज–३ मा प्रसारण लाइनका लागि रुख कटान नहुँदा निर्माण प्रभावित भएको उहाँले बताउनुभयो ।

तनहुँको तुलनामा चितवन खण्डमा सालका ठूला रुख कटान गर्नुपर्ने र केन्द्रीयस्तरबाट रुख कटानको आदेश नभएसम्म काम अघि बढाउन नसक्ने उहाँले बताउनुभयो । दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइनको लागि प्याकेज–३ अन्तर्गत ३४।७ किलोमिटर दूरीमा प्रसारण लाइनको काम अघि बढाइएको थियो । कूल ९४ वटा टावरमध्ये ७६ वटा टावरको फाउण्डेसन कार्य सम्पन्न भएको छ, भने ५६ वटा टावर बनाइसकिएको छ । 

प्रसारण लाइन निर्माणका लागि केइसी इन्टरनेशनल लिमिटेड भारतले ठेक्का सम्झौता गरी काम शुरु गरेको थियो । निर्माण सम्पन्न गर्ने सम्झौता अवधिसमेत समाप्त भइसकेको आयोजनाले जनाएको छ । 

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । जसमा एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार,नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट