
बागलुङ । झाँडीले भरिएको भिरालो जग्गा, कालीगण्डकीले कटान गरेको पहराको खोँच । त्यही खोँच अहिले पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ ।
पर्यटकीय पूर्वाधार निर्माणसँगै व्यवस्थित बनाइएको यहाँको बिपी उद्यान अहिले पर्यटक आकर्षणको केन्द्र बन्दै गएको हो । बागलुङ नगरपालिका–१ रामरेखास्थित मध्यपहाडी पुष्पलाल लोकमार्ग भएर आउनेजाने जो कोहीको ध्यानाकर्षण गर्ने थलोका रुपमा विकास भएको छ ।
विसं २०७६ सम्म झाडीले भरिएको डरलाग्दो भिरमा थपिएका पर्यटकीय पूर्वाधारसँगै पहरामाथि खोपेर हालै निर्माण गरिएको ‘भ्यू पोइन्ट’ले सबैको ध्यान केन्द्रित गर्न थालेको स्थानीय बताउँछन् । कालीगण्डकी नदी हेर्नका लागि निर्माण गरिएको उक्त भ्यू पोइन्ट सयौँ पर्यटकको गन्तव्यका रुपमा विकास हुँदै गएको छ । करिब दुई रोपनी जग्गामा निर्मित उद्यानलाई ‘बिपी उद्यान’ नामकरण गरी व्यवस्थित बनाइएको छ ।
उद्यानमा दुबो लगाएर हरियाली बनाइएको छ भने फूल, धूपी लगाइएको छ । पर्यटकका लागि आवश्यक बेन्च, शौचालय र पानीको व्यवस्था मिलाउनाका साथै राति आउने पर्यटकका लागि विद्युतीय लाइट जडान गरिएको छ । उद्यानको मुहार फेर्नका लागि ४६ लाख ७६ हजार रुपैयाँको पूर्वाधार निर्माण भइसकेको बिपी उद्यान समितिका अध्यक्ष महेन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँले उद्यानमा पूर्वाधारको अधिकांश लगानी गण्डकी प्रदेश सरकारले गरेको बताउनुभयो ।
अध्यक्ष आचार्यले झाडी फाँडेर भिरको खोँच पुरेर उद्यान बनाइएको जानकारी दिनुभएको छ । आचार्यका अनुसार अहिले मध्यपहाडी लोकमार्ग भएर हिँड्ने पर्यटक र स्थानीयको विश्रामस्थलका रुपमा उद्यान विकास भएको छ । घसार्वजनिक रुपमा प्रयोगमा नआएको भिरको जग्गालाई व्यवस्थित बनाएर पार्क निर्माण गरेका थियौँ । हरियाली पार्क, छेउमा मन्दिर र दृश्याअवलोकनका लागि भ्यू पोइन्ट बनाएपछि धेरैको आकर्षणको केन्द्रका रुपमा विकास भएको पाएका छौँ’ उहाँले भन्नुभयो– ‘पार्क निर्माणका लागि जग्गा व्यवस्थापन, पर्खाल, तारबार, विद्युत्, पानी, शौचालय, दुबो लगाउने, पर्यटकलाई बस्ने बेन्च राख्ने र पहरामाथि पुगेर कालीगण्डकी हेर्ने व्यवस्थाका लागि भ्यू पोइन्ट निर्माण गरिएको छ ।’
मध्यपहाडी लोकमार्गसँगै जोडिएको पार्क सौन्दर्यीकरण भएपछि मुस्ताङ, ढोरपाटन, पञ्चकोट र शालग्राम सङ्ग्रहालय हिँडेका पर्यटकहरु यहाँ आउने गरेका छन् । उनीहरुले सवारीसाधन रोकेर पार्क अवलोकन गर्दै आएका छन् ।
अध्यक्ष आचार्यका अनुसार २०७३ सालमा सहरी विकास कार्यालयबाट प्राप्त २ लाख ८८ हजारमा भिरको खोँच पुरेर बिरुवा रोपिएको थियो । त्यसपछि २०७७ सालमा वन डिभिजन कार्यालयमार्फत १४ लाख ३३ हजार, २०७८ सालमा सामाजिक विकास कार्यालयबाट ९ लाख ३७ हजार, २०७९ सालमा पर्यटन तथा घरेलु उद्योग कार्यालयबाट ८ लाख ९८ हजार, चालु आर्थिक वर्षमा पर्यटन तथा उद्योग कार्यालय बागलुङबाट ९ लाख ६० हजार बजेट र १ लाख ६० हजार रुपैयाँ चन्दा सङ्कलन गरी पूर्वाधार निर्माण गरिएको हो ।
बाँसघारी, झाडी र फोहोर फाल्ने स्थानका रुपमा रहेको जग्गालाई पूर्वाधार निर्माण गरी पर्यटकीय केन्द्रका रुपमा विकास गरिएको स्थानीय दुर्गाबहादुर आचार्यले बताउनुभयो । रामरेखामा मध्यपहाडी लोकमार्गसँगै सहिदपार्क, मदन आश्रित पार्क, बिपी पार्क, मनिलाल भ्यू पोइन्ट र डिबी पार्क गरी पाँचवटा पार्क रहेका छन् । पछिल्लो समय निकै व्यवस्थित र सौन्दर्यपूर्ण पार्कका रुपमा बिपी पार्क रहेको उहाँको भनाइ छ ।
जग्गा व्यवस्थापन, जग्गा सम्याउने, खाल्टा पर्ने, ढुङ्गा छाप्ने, सिँढी बनाउने, बाटो, बगैँचा निर्माण, झाँक्रीको मन्दिर, शौचालय, खानेपानी, पर्खाल, तारबार, बेन्च, दृश्यावलोकन गर्ने स्थान, भ्यू पोइन्ट निर्माणलगायत काम भएपछि पार्कको स्वरुप फेरिएको छ ।
व्यवस्थितरुपमा कालीगण्डकी दर्शन गर्न सकिने गरी निर्माण भएको पार्क सबैको नजरमा पर्न सफल भएको छ । अहिले दैनिक सयौँ पर्यटक र बागलुङ बजारवासीको विश्रामस्थलका रुपमा बिपी पार्कको विकास हुँदै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु