
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजनामा पर्ने कञ्चनपुरको बङ्क–नाइल–बुडर सडकखण्डमा निर्माणले गति लिन सकेको छैन ।
सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईसँग जोड्ने उद्देश्यले निर्माण थालिएको खण्डका लागि वर्षेनी बजेट आउने गरे पनि निर्माण कम्पनीको लापरबाहीका कारण कार्यप्रगतिमा ढिलाइ हुँदै गएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बङ्कबाट (शून्य विन्दु) सात किलोमिटर सडक कालोपत्रका लागि विसं २०७७ साउनमा सम्झौता भए पनि अझै काम शुरुवात सम्म हुन सकेको छैन । सात किमीको पहिलो खण्डमा ट्र्याक खोल्नाका साथै सडकमा अन्य संरचना निर्माण भए पनि कालोपत्र गर्ने विषय अझै अन्यौल बनेको छ ।
महेन्द्रनगरस्थित पूर्वाधार विकास कार्यालयका इन्जिनियर हेमराज भट्टले बङ्कबाट पहरियासम्म करिब ३५ प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । ‘ट्र्याक खोल्नेदेखि अहिले कालोपत्रका लागि सबबेस बिछ्याउने कामसम्म भएको छ’ उहाँले भन्नुभयो– ‘तर कालोपत्र भने हुन सकेको छैन् ।’ उहाँले करौँडाका योजना भए पनि बजेट अभाव हुँदा निर्माण ढिलाइ भएको बताउनुभयो ।
‘यो वर्ष सडक निर्माणका लागि रु एक करोड मात्रै बजेट विनियोजन भएको छ’ इन्जिनियर भट्टले उहाँले भन्नुभयो– ‘बजेट बराबर निर्माण कम्पनीले काम गरिसकेका छन् । म्याद थपको विषयले भुक्तानी भने भएको छैन ।’ खण्डमा निर्माणका लागि गत आर्थिक वर्षमा ७५ लाख प्रदेश सरकारले विनियोजन गरेको थियो । ८ करोड २८ लाख ५६ हजार रुपैयाँको लागतमा सन्तोषी–थेगिम जेभीले सडक निर्माणको जिम्मा पाएको थियो ।
केही वर्षअघि नाइल (कञ्चनपुर–डोटी सिमाना) ट्र्याक भने खोलिसकेको इन्जिनियर भट्टले जानकारी दिनुभयो । सडक निर्माण समयमा पूरा गर्नुपर्ने भन्दै कृष्णपुरवासीले आन्दोलन गर्दै आएका छन् ।
कृष्णपुर नगरपालिका–२ बाणीका स्थानीय सुरेन्द्र बमले बङ्क–नाइल–बुडर सडक अलपत्र पारिएको आरोप लगाउनुभयो । ‘ट्र्याक खोलेको चार वर्ष हुँदा अहिलेसम्म एक किमी सडक कालोपत्र हुन सकेको छैन’ उहाँले भन्नुभयो– कच्ची सडकमा बर्खामा स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।’ बङ्कबाट नाइलसम्म २१ किमीअन्तर्गत पहिलो प्याकेजमा सात किमीको कालोपत्र गर्ने ठेक्काबाहेक अरू अलपत्र पारिएको उहाँको भनाइ छ ।
‘सडक निर्माणको चर्चा धेरै भए पनि कार्यान्वयन नहुँदा स्थानीयले बर्सातमा सास्ती खेप्नुपरेको छ’, बमले भन्नुभयो– ‘नाइल क्षेत्र आफैँमा धार्मिक एवं पर्यटकीय क्षेत्र भए पनि अलपत्र सडकले झन ओझेलमा परेको छ ।’
पहाडी जिल्ला जोड्ने छोटो दूरीको नाइल सडक निर्माणमा बेवास्ता हुँदै आएको कृष्णपुर–२ का वडाध्यक्ष अर्जुन साउँदले बताउनुभयो । ‘बुडर, जोगबुढा लगायत क्षेत्र पुग्न यो बाटोमा एउटा भिरसम्म पर्दैन’ उहाँले भन्नुभयो– ‘धेरै सम्भावना बोकेको सडक निर्माणमा कसैको चासो भएन ।’ खण्डमा पर्ने ओदाल खोलामा ६५ मिटर लम्बाइको पक्की पुल बनाउने ठेक्का भएको पनि छ वर्ष भइसकेको उहाँले जानकारी दिनुभयो ।
निर्माण कम्पनीको लापरबाहीले पुल निर्माण लामो समयसम्म अलपत्र परेको थियो । हाल पुल निर्माण भइरहेको वडाध्यक्ष साउँदले जानकारी दिनुभयो । विसं २०७४ मा थेगिम–जाल्भा जेभीसित ५ करोड ४७ लाखमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकृत इन्जिनियर तारानाथ सिग्देलले जानकारी दिनुभयो ।
‘१८ महिनामा सक्नुपर्ने पुलको अहिले ७० प्रतिशत भौतिक प्रगति भएको छ’ उहाँले भन्नुभयो– ‘पुल निर्माणमा बेवास्ता गर्दा निर्माण कम्पनीलाई जरिवाना समेत गरियो ।’ उहाँले आगामी असोजसम्म पुल सम्पन्न हुने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु