
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट अपमानजनक तवरले हटाइएको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपालले एकीकृत समाजवादीको आजदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा यस्तो बताउनुभएको हो । केन्द्रीय कमिटी बैठक उद्घाटनमा अध्यक्ष नेपालले भन्नुभयो– निर्वाचनपछिको गठबन्धन यो संसद कार्यकाल भरी जाला भनेको, समाजवादी मोर्चाको घटक जसपा नेपाल विभाजित भयो, विभाजित गरियो। विभाजित गरिएको मात्रै होइन, सरकारबाट पनि उनलाई निकालियो’ उहाँले भन्नुभयो– तपाईँलाई लाग्ला आफैँ राजीनामा दिएर जानुभएको होला तर होइन निकालियो।’
अध्यक्ष नेपालले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीबाट राजीनामा नदिएको भए यादवले यघि गलहत्त्याएरै निकाल्ने योजना बनिरहेको सुनाउनुभयो । ‘मुन्ट्याउने काम मात्रै भएन गलहत्त्याएर निकाल्ने, उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्त्याएर निकालिन्थ्यो’ उहाँले भन्नुभयो ।
अध्यक्ष नेपालले यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालले ‘चाहिँदाकोको भाँडो नचाहिँदाको ठाँडो’ भने जस्तै व्यवहार गरेको बताउनुभयो । ‘हिजो काम छँदा भाँडो नछँदा ठाडो भनेजस्तै, उहाँको अवस्था त्यस्तै देखिरहेका छौँ’ उहाँले भन्नुभयो– केपी ओलीको प्रतिगमनविरुद्ध सँगै अघि बढेको पार्टी, निर्वाचनपछि गठबन्धनमा महत्त्वपूर्ण घटक भएको पार्टी।’
अध्यक्ष नेपालले देशको विकास तथा जनताको समृद्धिका लागि माक्र्सवादी चिन्तनसहितको कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्नुपर्ने समेत बताउनुुभएको छ । मुलुकमा राजनीतिक परिवर्तनका लागि कम्युनिष्ट आन्दोलनको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाई छ ।
पार्टीको आसन्न १० औँ महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, पार्टीको समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवेदनलाई अनुमोदन गर्न केन्द्रीय कमिटी बोलाइएको हो । बैठक जेठ २ गतेसम्म चल्ने छ । बैठकमा पार्टीको आन्तरिक विवाद र समसामयिक परिस्थितिबारे छलफल भइरहेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ । एकीकृत समाजवादीको महाधिवेशन आउने असार १६ देखि २० गतेसम्म काठमाडौँ हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु