+

गल्यो कांग्रेस, संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौँ । सहकारी प्रकरणमा उपप्रधानममन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै त्यसको छानविनको लागि संसदीय समिति बनाउनुपर्ने अडान लिएर संसद अवरुद्ध पार्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आजदेखि भने अलि नरम भएको छ । 

कांग्रेसले सङ्घीय संसदमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ ।  यसअघिसम्म नीति तथा कार्यक्रम प्रस्तुत नदिने चेतावनी दिँदै आएको कांग्रेस  राष्ट्रपति आफ्नो पक्षबको भएको कारण बाध्यात्मक कारणले गलेको हो । 

कांग्रेस संसदीय दलको आज बजेको बैठकले  सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय  गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभएको छ । 

सङ्घीय संसद्को आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गर्नुहुने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट