
काठमाडौँ । सरकारले सहसचिवहरूको व्यापक रुपमा सरुवा गरेको छ । मन्त्रिपरिषदको हालैको बैठकले प्रदेश मन्त्रालयका सचिवसहित विभिन्न निकायमा रहेका ६० जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको हो।
सरकारले मधेशी आयोगका सचिव रहनुभएका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पुर्याएको छ । ३६ वर्षको उमेरमै हिमाल पारिको जिल्ला मनाङको स्थानीय विकास अधिकारी बनेर निजामती सेवामा विभिन्न फड्को मार्दै गृहको सहसचिव बन्न सफल हुनुभएको छ । अधिकारी गृहको सहसचिव बनेसँगै सुरक्षा निकाय परिचालन गर्ने निकायको लय समेत मिलेको छ । अधिकारीले गृहको सहसचिवको जिम्मेवारी पाउँदा प्रहरी महानिरीक्षक (आईजीपी) पनि बसन्त कुँबर हुनुहुन्छ । फरक थर तर एउटै नामका उहाँहरुको सम्बन्ध पनि बडो रोचक र आत्मीय छ । अधिकारी २०६४, ०६५ सालतिर मनाङको स्थानीय विकास अधिकारी हुँदा अहिलेका आईजीपी कुँवर त्यसबेला मनाङको प्रहरी प्रमुख (डिएसपी) हुनुहुनथ्यो । त्यस बेलादेखि नै उहाँहरुबीचको मित्रता झाँगिँदै गएको हो । संयोगवस मुलुकको सुरक्षाका निकायको निर्णय तहमा अहिले उहाँहरु दुवै जना पुग्नुभएको छ ।
त्यस्तै सरकारले रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुर्याएको छ । बाग्मतीको सामाजिक विकास मन्त्रालयका ससचिव रहेका भीष्मकुमार भुसाललाई गृह मन्त्रालयमा पठाइएको छ ।
मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट र नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा पुर्याएको छ । .कमलप्रसाद भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा तानिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु