
काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा अन्तर धार्मिक सहिष्णुताका लागि मुस्लिम आयोग र नेपाल हज कमिटीबीचको समन्वय प्रभावकारी गराउन सुझाव दिइएको छ ।
समितिको बैठकमा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले साउदी अरबमा हजमा पठाउँदा कार्यविधि र आवश्यकताका आधारमा नभई तजबिजीका आधारमा पठाइने गरिएकाले त्यहाँभित्रको अनियमितता छानबिन हुनुपर्ने माग गर्नुभयो ।
उहाँले कार्यक्रममा आयोगलाई कुनै जिम्मेवारी नदिइएकाले समन्वयमा समस्या भएको बताउनुभयो । सरकारी खर्चमा हज जान तँछाडमछाड हुने हुनाले यस्तो प्रवत्ति रोकिनुपर्ने उहाँको भनाइ छ ।
समितिका सभापति किरणकुमार साहले हज कार्यक्रमका सम्बन्धमा विभिन्न गुनासा र समस्या देखिएकाले सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरेर समितिले निर्देशन दिने जानकारी दिनुभयो ।
समितिका सदस्य रोशन कार्कीले अन्तरधार्मिक सहिष्णुताका लागि मुस्लिम आयोगले समय समयमा तालिमलगायका कार्यक्रम सञ्चालन गर्नुपर्ने र हज कमिटीसँग समन्वय बढाउनुपर्ने बताउनुभयो । समिति सदस्य सुशीला श्रीपालीले हज कमिटीमाथि आयोगले निगरानी राख्न पाउने गरी सरकारलाई निर्देशन दिन माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा