
कञ्चनपुर । सुदूरपश्चिमका दुई जिल्लाका तीन पालिकामा फोहर व्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माणकार्य भइरहेका छन् ।
एशियाली विकास बैंक (एडिबी) को सहयोगमा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहर प्रशोधन केन्द्र निर्माण भइरहेको क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीले जनाएको छ ।
आयोजना कार्यान्वयन इकाइ धनगढीका इन्जिनियर सञ्जीव शाहले तीनवटै पालिकामा फोहरमैला प्रशोधन केन्द्र निर्माणको काम जारिरहेका बताउनुभयो । उहाँका अनुसार गोदावरी नगरपालिकामा निर्माणाधीन प्रशोधन केन्द्रको ८१ दशमलव ५ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।
प्रधोशन केन्द्रको निर्माण दुई वर्षमा सक्ने लक्ष्यसहित सिचुवान–प्रोभिन्स, जिवोलोजिकल इञ्जिनियरिङ कम्पलेक्स कम्पनी लिमिटेडले काम गरिरहेको छ । ५२ करोड ४८ लाख रुपैयाँमा निर्माण भइरहेको प्रशोधन केन्द्र निर्माणपछि अत्तरिया बजारसहित पालिकाको फोहर व्यवस्थापनमा सहज हुने स्थानीयको भनाइ छ ।
त्यसैगरी धनगढी उपमहानगरपालिका–७ पटेलास्थित सामुदायिक वनको जग्गाप्राप्तिपछि हालै यहाँ प्रशोधन केन्द्र निर्माणको काम शुरू भएको इञ्जिनियर शाहले जानकारी दिनुभयो । “रुख कटान गर्न प्रक्रियागत कारणले केही ढिलाइ भएपनि अहिले सबै प्रक्रिया पूरा गरेर निर्माणस्थलमा रुख कटानको काम भइरहेको छ”, उहाँले भन्नुभयो । यहाँ पनि सोही चिनिया कम्पनीले दुई वर्षमा काम सक्ने गरी ८८ करोड रुपैयाँ मा ठेक्का पाएको छ ।
त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा निर्माणाधीन प्रशोधन केन्द्रमा पनि ५० प्रतिशत कार्यसम्पन्न भइसकेको छ । यहाँ ३० करोड २५ लाख रुपैयाँमा रमन–केएस जेभीले निर्माण कार्य गरिरहेको र बीस महिनाभित्र कार्यसम्पन्न गर्ने सम्झौता रहेको इञ्जिनियर शाहले बताउनुभयो । एडिबीले सुदूरपश्चिमका चार शहरमा सडक पूर्वाधार स्तरोन्नतिसहित आधुनिक सडक निर्माणमा सहयोग गरिरहेको छ ।
यहाँ धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकालाई आधुनिक सहर बनाउने योजनासहित बजार क्षेत्रको पूर्वाधार निर्माण भइरहेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकाले भने फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गा उपलब्ध गराउन सकेन् ।
यहाँको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले फोहरमैला व्यवस्थापन केन्द्र बने नगरको फोहर व्यवस्थापनमा निकै सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रशोधन केन्द्रमा स्वास्थ्यजन्य फोहरका लागि प्लान्ट थप्ने विषयमा पहल भइरहेको समेत बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा