
अछाम । अछामको कमलबजार नगरपालिका–३ मा पर्ने बेलखेतमा नेपाली सेनाले मलामीका लागि पक्की मलामी विश्राम घर निर्माण गरेको छ ।
नेपाली सेनाको यहाँ स्थित गोरख बक्स गणले अछाम र दैलेखको सिमानामा रहेको बेलखेतमा निर्माण गरेको मलामी विश्राम घरमा एक समारोहका बीच नगरपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको शीघ्र प्रभाव आयोजनाअन्तर्गत आवश्यकताको पहिचान गरि मलामी विश्राम घर निर्माण गरिएको गोरख बक्स गणका गणपति जनक सिलवालले जानकारी दिनुभयो ।
मलामी विश्राम घरसँगै पक्की पर्खाल, आधुनिक शौचालय र पिपल चौतारी निर्माणमा नेपाली सेनाले ७ लाख ५० रुपैयाँ हजार र नगरपालिकाले निर्माण सामग्री सहयोग गरेको छ । उक्त आयोजनाबाट छ वडा र पञ्चदेवल बिनायकका चार वडाका नागरिक लाभान्वित हुने कमलबजारका नगर प्रमुख यज्ञप्रसाद ढकालले बताउनुभयो ।
अहिले मलामी विश्राम घर निर्माण गरिएको र निकट भविष्यमा उक्त घरको दोस्रो तला थपेर क्रियापुत्री भवनका रुपमा विकास गरिने उहाँले बताउनुभयो । साथै कम समयमा सुविधा सम्पन्न मलामी विश्राम घर निर्माण गरेकामा नगरपालिकाका तर्फबाट गोरख बक्स गणलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।
नेपाली सेनाले आफूलाई प्राप्त बजेटभित्र रहेर स्थानीय बासिन्दासँगको समन्वयमा आवश्यकतालाई पहिचान गरि महत्वपूर्ण आयोजना निर्माण गरेकामा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले धन्यवाद दिनुभयो । घर निर्माण भएसँगै वर्षात र रातको समयमा मलामीलाई बस्न सजिलो हुने स्थानीयले बताएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरले नेपाली सेनाले विभिन्न बेला रचनात्मक तथा सामाजिक विकासमा सहकार्य गर्दै आएको भन्दै प्रसंशा गर्नुभयो । उहाँले सेनाले यहाँका नागरिकको समस्यालाई ध्यानमा राखेर महत्वपूर्ण कार्य गरेकाले सेना र नागरिकबीचको सम्बन्ध थप सुमधुर हुँदै जाने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा