
चितवन । जिल्लाको सदरमुकाममा रहेका दुईवटा एग्रोभेटमा ताला लगाइएको छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापक केन्द्र हरिहरभवन ललितपुर र कृषि विकास कार्यालय चितवनले आज यहाँ गरेको संयुक्त अनुगमनमा लापर्वाही भेटिएपछि ती एग्रोभेटमा सिलबन्दी लगाइएको हो ।
त्यस क्रममा नारायणगढमा सञ्चालित प्रधान एग्रो इ र भरतपुरमा सञ्चालित हाम्रो बहुउद्देश्यीय कृषि सहकारी संस्थामा ताला लगाइएको केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधान एग्रोमा अनुमति प्राप्त व्याक्ति पसलमा नबसी नाबालकलाई पसलमा राखेर सञ्चालन गरेको र प्रयोग गर्ने समय सक्किएका विषादीको बिक्री वितरण गरेको पाइएकाले सो पसलका सञ्चालकलाई एक साताभित्र कृषि कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।
हाम्रो बहुउद्देश्यीय कृषि सहकारी संस्थाले पनि तालिम प्राप्त व्यक्तिलाई पसलमा राखेर बिक्री वितरण नगरेको र विषादी बिक्रीका क्रममा आवश्यक सुरक्षा प्रविधि नअपनाएको पाइएकाले ताला लगाइएको हो ।
यस्तै अनुगमनका क्रममा जिल्लाको सदरमुकाम भरतपुरमा सञ्चालित एग्रोभेटमा प्रयोग गर्ने समय सक्किएका विषादी बिक्री वितरणका लागि राख्ने गरेको, बिक्री गर्ने व्यक्तिले सुरक्षा प्रविधि नअपनाएको, नवीकरण नगरेको पाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘मुख्य सहरी क्षेत्रमानै लापर्वाही हुन्छ भने अन्य स्थानमा के होला’ आज छ एग्रोभेटमा अनुगमन गरिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले विषादीको बिक्री वितरणमा देखिएको कमजोरीलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले ध्यान दिँदै गम्भीर खालाका त्रुटि भेटिनु गलत भएको बताउनुभयो । विषादीको समुचित र न्यायोचित प्रयोगले मात्रै उत्पादन बढाउन सकिने भएकाले यसलाई निगरानी बढाउन आवश्यक रहेको उहाँले बताउनुभयोे । कृषि बिकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले माटो र मानव स्वास्थ्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा सबैले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना