
कञ्चनपुर । कञ्चनपुर र कैलालीमा निर्माणाधीन हुलाकी सडकमा बजेट अभाव भएपछि सुस्त गतिमा काम भइरहेको छ । गत फागुनदेखि बजेट अभाव हुँदा निर्माणको गति साँघुरिएको हो ।
कैलालीमा ६ र कञ्चनपुरमा २ चरणमा गरी यहाँ ८ चरणमा सडक निर्माणाधीन रहे पनि निर्माण कम्पनीले काम गरिसक्दा पनि बजेट पाएको छैन । कञ्चनपुरको डोकेबजारदेखि बेलौरी हुँदै बेल्डाँडी–दैजीसम्मको साढे ६२ किलोमिटर हुलाकी सडकमा दोस्रो र अन्तिम प्याकेजको काम निर्माणाधीन अवस्थामा छ ।
कैलालीमा लम्की–टीकापुरबाट खङ्ग्रौला नाकासम्मको २९ किलोमिटर सडकमध्ये लम्कीबाट पहिलो ८ किलोमिटर सडक गत वर्ष सकिएको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका सूचना अधिकारी एवं इन्जिनियर वर्ख कडायतले जानकारी दिनुभयो । बाँकी दुई चरणमा काम भइरहेको भन्दै बजेट अभावले गति सुस्त भएको उहाँको भनाइ छ ।
इन्जिनियर कडायतका अनुसार धनगढीको क्याम्पस रोडबाट सत्तीसम्मको ६९ किमी खण्ड चार चरणमा निर्माण भइरहेको छ । त्यो खण्डमा पर्ने कटनी खोलाबाट भजनीको कान्द्रा नदीसम्मको १८ किमी डेढ वर्षअघि नै निर्माण भइसकेको उहाँले जानकारी दिनुभयो । ‘फागुन यता आयोजनामा बजेट नै छैन्’ इन्जिनियर कडायतले भन्नुभयो, “चालु आर्थिक वर्षमा आएको ३९ करोड रुपैयाँ सकिएको छ ।’ उहाँका अनुसार बजेट अभावमा पनि निर्माण कम्पनीले काम गरेको २० करोड रुपैयाँ भन्दा बढी रकम तिर्न बाँकी छ । ‘थप बजेट माग गरेको फाइल अर्थ मन्त्रालयमा पेस भइसकेको छ’ इन्जिनियर कडायतले भन्नुभयो– ‘हालसम्म बजेट भने आइपुगेको छैन् ।” गत वर्ष आयोजनामा ६५ करोड रुपैयाँ आए पनि चालु आवमा घटेर आएको उहाँको भनाइ छ ।
३ महिनाभित्र निर्माण सक्नुपर्ने गरी विसं २०७३ फागुनमा कञ्चनपुरबाट निर्माण शुरु भएको ६२.५ किलोमिटर हुलाकी सडकअन्तर्गत दोस्रो चरण (बेलौरी–बेल्डाडी) खण्डमा ८० प्रतिशत र अन्तिम चरण (बेल्डाडी–दैजी) खण्डमा ७५ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ ।
अन्तिम चरणअन्तर्गतको कामका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा निकुञ्ज कार्यालयबाट अनुमति लिनुपर्ने भएकाले त्यही प्रक्रियाका कारण निर्माण रोकिएको इन्जिनियर कडायतले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै