
काठमाडौँ । कला क्षेत्रको महत्व बुझाउने उद्देश्यले जेठमा ‘हेटौँडा कला महोत्सव’ आयोजना हुने भएको छ ।
स्यार्टडे प्लेन आर्टको आयोजना हुने महोत्सवको संरक्षकमा बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय हुने काठमाडौँमा आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
आयोजक प्रमुख दिवेस प्रधानका अनुसार हेटौँडा महोत्सवमा स्थानीयसहित करिब ५० कलाकारको सहभागिता हुनेछ । जेठ ३ देखि जेठ ५ गतेसम्म आयोजना हुने महोत्वसमा खुलास्थल चित्रकला कार्यशाला, कलासम्बन्धी संवाद, वरिष्ठ कलाकारको सम्मान, कलाकै विषयमा कार्यपत्र प्रस्तुति लगायतका गतिविधि हुनेछन् ।
प्रधानका अनुसार प्रादेशिक राजधानी हेटौँडामा एउटा पनि कला प्रदर्शनी गर्ने ग्यालरी छैन । यस्तो अवस्थामा कला र संस्कृतिप्रतिको जागरण फैल्याउन आवश्यक भएकाले महोत्सव गर्न लागिएको उहाँको भनाइ छ । महोत्सवमा कूल बिक्रीको ५० प्रतिशत रकम मानव सेवा समाजलाई सहयोग गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा