
दाङ । तुलसीपुर उपमहानगरपालिका–५ की ४२ वर्षीया गीता वादी हिजोआज तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बेच्न व्यस्त हुनुहुन्छ ।
एक दशकदेखि त्यही चोकमा बसेर व्यवसाय गदैँ आउनुभएकी बादीले समयअनुसारका फलफूल बिक्री गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘अहिले काफलको मौसम छ, बिहानै खरिद गर्छु । दिनभरी यहीँ चोकमा बसरे बिक्री गर्छु । यसैबाट घरपरिवार पाल्न र छोराछोरी पढाउन सजिलो भएको छ ।’
सल्यानका विभिन्न ठाउँबाट बिहानै छिटुवाका छिटुवा काफल तुलसीपुर बजारमा बिक्रीका लागि त्यहाँका स्थानीयवासीले ल्याउने गर्दछन् । वादी पनि दिनहुँ बिहानै मोलमोलाई गरेर काफल खरिद गर्नुहुन्छ । दिनभर चोकमा बसेर बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । प्रतिमाना एक सय रुपैयाँमा काफल बिक्री गर्ने गरेको वादीले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष काफलको उत्पादन घटेको स्थानीयले बताउने गरेको उहाँको भनाइ छ । वादीले गतवर्ष काफल बिक्रीबाट ४० हजार रुपैयाँ भन्दा बढी आम्दानी गरेको बताउनुभयो ।
बढ्दो गर्मीसँगै तुलसीपुर बजारका विभिन्न चोकमा बसेर यतिखेर काफल बिक्री गर्ने क्रम बढेको छ । विशेष गरेर तुलसीपुर नगरपालिका–१ का विभिन्न गाउँ र सल्यानको कपुरकोट, लान्ती, धनबाङलगायतका स्थानबाट काफल ल्याएर तुलसीपुर बजारमा बिक्री गर्ने गरिएको छ । ती स्थानमा काफल किन्न आउने सर्वसाधारणको भीड नै देखिन्छ ।
काफलको तुलसीपुर बजारमा मनग्य व्यापार भएको छ । तुलसीपुर नगरपालिका–१ को अम्बास, टुनापानी र छिमेकी जिल्ला सल्यानका विभिन्न गाउँबाट स्थानीयले यहाँका बजारमा बेच्न ल्याएको काफल प्रतिमाना ५० देखि रु एक सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । काफल बेच्न तुलसीपुरस्थित सल्यान सडक खण्डमा सल्यानको धनवाङबाट आउनुभएकी ५० वर्षीया लक्ष्मी पुन वनबाट टिपेर बिक्री गर्न तुलसीपुर बजार आउनुहुन्छ । काफल बेचेर हालसम्म १५ हजार रुपैयाँ आम्दानी गरेको उहाँ बताउनुहुन्छ ।
तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बिक्री गर्दैआउनुभएकी सल्यानको कपुरकोटकी सीता पुनले गत वर्ष २५ हजार रुपैयाँ आम्दानी गर्नुभयो । स्थानीयबाट खरिद गरेर बेचेको काफलबाट एउटा याममा ३० हजारदेखि ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको कपुरकोटमा व्यापार गर्दै आउनुभएकी निमा पुनले बताउनुभयो । उहाँका दुई छोरीले पनि विद्यालयमा बिदा भएको समयमा काफल टिपेर बिक्री गर्ने गरेको बताउनुभयो ।
ग्रामीण भेगका विपन्न बालबालिकाले जङ्गलमा गएर काफल टिपेर बजार लगेर बेच्ने गर्दछन् । यसको आम्दानीले उनीहरु कापी, किताब, कलम लगायत सामग्री किन्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना