
कैलाली । पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि माटोबाट निर्मित भाँडाले बजार पाउन छाडेको छ ।
आधुनिकतासँगै बजारमा विभिन्न आकर्षक स्वरुपमा प्लास्टिकका रङ्गीविरङ्गी भाँडा सहजै पाइन थालेपछि माटोका भाँडाले बजार पाउन छाडेको हो । धनगढी उपमहानगरपालिका–२ कृष्णनगरकी माटाका भाँडा व्यवसायी नीलमदेवी कलवाराले पहिलाको तुलनामा अहिले माटोका भाँडा बिक्री हुन छाडेको बताउनुभयो ।
‘माटोका भाँडाको व्यापार पहिले राम्रो हुन्थ्यो । अहिले खासै छैन’ उहाँले भन्नुभयो– ‘केही वर्ष पहिले गर्मी सिजनमा दिनको ५ हजारदेखि १० हजार रुपैयाँसम्म कारोबार हुनेमा अहिले व्यापार ह्वात्तै घटेको छ ।’ अहिले दैनिक एक हजारदेखि ३ हजार रुपैयाँसम्म बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।
लामो सयदेखि व्यवसाय गर्दै आउनु भएकी कलवाराले माटोका भाँडाको व्यवसाय घट्दै गएको भन्दै दुःखेको पोख्नुभयो । उहाँले भन्नुभयो– ‘माटोका भाँडाको व्यवसायबाट घर भाडा मात्र तिर्न ठिक्क हुन्छ । पहिले कारोबार राम्रो हुने गरेकाले बचत पनि हुन्थ्यो । जीविकोपार्जनमा केही समस्या थिएन । आजभोलि आम्दानी घटेसँगै खर्च चलाउन समस्या हुन थालेको छ ।’
माटोका भाँडाको व्यवासायबाट खर्च चलाउँन मुस्किल भएपछि अहिले ठेलामा गन्ना जुस र अण्डाको पनि व्यवसाय शुरु गरेको कलवाराले जानकारी दिनुभयो । पछिल्लो समय माटोका भाँडा बनाउने माटो पाउन मुस्किल हुन थालेपछि भारतको लख्खिमपुरलगायत सहरबाट माटोबाट बनेका भाँडा ल्याएर बिक्री गर्ने गरेको उहाँको भनाइ छ । ‘पहिला माटोका भाँडा बनाउने भट्टा यहाँ थुप्रै थिए । अहिले माटो पाउन नै गाह्रो छ, पाए पनि महँगो हुन थालेपछि बाहिरबाट बनेका भाँडा आयात गरी बिक्री गर्ने गरेका छौँ’ कलवाराले भन्नुभयो ।
प्लास्टिकका भाँडा तथा अन्य सामग्री प्रयोग गर्न सहज हुने र जहाँ पनि पाइने हुँदा परम्परागत माटाका भाँडा विस्थापित हुने अवस्थामा पुगेको माटोका भाँडा बिक्री गर्दै आउनुभएका व्यवसायी अरविनप्रसाद कलवाराले बताउनुभयो । ‘पहिला भन्दा अहिले धेरै व्यापार घटेको छ । पेशा नै लोप हुन्छ की भन्ने चिन्ता छ’ उहाँले भन्नभयो ।
माटोबाट निर्मित भाँडा टुटफुट पनि बढी हुने भएकाले प्रयोग गर्नेको सङ्ख्या कम भएको अरविनप्रसादको भनाइ छ । घरघरमा सिमेन्टको गमला लगेर बिक्री गर्ने गरिएकाले पनि माटोबाट बनेका गमलाको बिक्री घटेको उहाँले बताउनुभयो ।
ग्राग्री प्रतिवटा २ सयदेखि ५ सय रुपैयाँ, गमला प्रतिवटा १ सयदेखि २ सय, खुत्रुक्के प्रतिवटा ३० देखि ३ सय रुपैयाँ, कलश प्रतिवटा १५ देखि ५० रुपैयाँमा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा