
बाजुरा । जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले अस्थायी अनुमति दिएको छ । बिहीबार बडीमालिका र बूढीनन्दा नगरपालिकाका जनप्रतिनिधिको संयुक्त बैठकले बस सेवा सञ्चालन गर्न अनुमतिको मागेका थियो हो ।
बस सेवा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीसहितको सर्वपक्षीय बैठकले चार पालिकाका नागरिकलाई आवतजावत गर्न सहजता हुने गरी बस सेवा नियमित रूपमा सञ्चालन गर्ने अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेनाले जानकारी दिनुभएको छ ।
बैठकले मार्तडी–कोल्टी सडकखण्डमा यातायात व्यवासयीसँग रात्रिबसको हकमा आठ वर्ष ननाघेका तथा दिवाबसको हकमा १० वर्ष ननाघेका कम्तीमा पाँचवटा बस हुनुपर्ने निर्णय भएको उहाँले बताउनुभयो । बूढीनन्दा, बडीमालिका र बूढीगङ्गा नगरपालिकाले मर्मतसम्भार गरी सडक सञ्चालन गर्ने, सडक किनारका संरचना तत्काल हटाउन आवश्यक प्रबन्ध गर्ने निर्णय भएको जानकारी उहाँले दिनुभयो ।
मार्तडी–कोल्टी सडकखण्ड निर्माण नभइसकेकाले तत्काल बस सेवा सञ्चालन गर्न कठिन हुने बस व्यवसायी रामचन्द्र गिरीले बताउनुभयो । ‘मार्तडी–कोल्टी ४२ किलोमिटर खण्डमा जिप चलाउन समस्या छ बस कसरी चलाउने ?’ उहाँले प्रश्न गर्नुभयो । मार्तडी–कोल्टी सडक शिलान्यास भएको २५ वर्ष बितिसक्दा पनि त्यो अझै पूरा भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा