
तनहुँ । चालु आर्थिक वर्ष तनहुँमा १६ वटा योजना कार्यान्वयनमा आउन सकेका छैनन् । योजनाको नाम फरक परेका, विवाद भएका र बजेट सुनिश्चित नभएका योजना कार्यान्वयनमा नआएको हो ।
सडक योजना अन्तर्गत आठ र झोलुङ्गे पुल ८ वटाको निर्माण रोकिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा २ सय ९५ योजनामध्ये एघार वटा योजना सम्पन्न भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो ।
साउनदेखि चैत महिनाको हालसम्म ९ वटा मोटर मार्गको स्तरोन्नति र २ वटा गाडी गुड्ने पक्की पुल निर्माण गरिसकेको छ । ल्होचाडाँडा कृषि पर्यटन सडक अन्तर्गत व्यास–५, म्याग्दे–१,२,३ हुँदै भीमाद नगरपालिका जोड्ने सडक सम्पन्न भएको छ ।
उहाँका अनुसार व्यास(१० स्थित गोवद्र्धन मार्ग, व्यास ११ को बाराही रानी मार्ग, व्यास १ को पुरानो छाब्दी मार्ग, व्यास ११ को मुक्तिनारायण मोटर मार्गको स्तरोन्नति कार्य गरिएको छ ।
त्यसैगरी, घिरिङ ५ को कामधेनु मोटर मार्ग, म्याग्दे ४ को छाङ–थर्पु मोटरमार्ग, बन्दीपुर–६ को तगारे बाँसपानी साम्दी मोटर मार्ग र भानु नगरपालिकाको बाँके(कवाचित कालीमाटी सडक मार्गको स्तरोन्नति कार्य सम्पन्न भएको छ । कूल तीन सय एघार योजनामध्ये सोह्र वटा योजना ३० लाख रुपैयाँ मुनिका रहेकाले रकमान्तर भई अन्य जिल्लामा सरी गएपछि हाल २ सय ९५ योजना निर्माण चरणमा रहेको उहाँले बताउनुभयो ।
सडक निर्माणका लागि वार्षिक बजेट १२ अर्ब ३५ करोड ९७ लाख ३० हजार रुपैयाँ रहेको छ । योजनाको हाल ३१.५३ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा